
सिरहा । मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोकी आमा रानीदेवी महतोलाई संघीय समाजवादी फोरम नेपालले गाउँपालिकाको उम्मेदबार बनाएको छ ।मधेश आन्दोलनका शहीदहरुको सम्मान गर्दै फोरम नेपालले शहीद परिवारबाट स्व. महतोकी आमा रानीदेवीलाई गाउँपालिका जस्तो महत्वपूर्ण पदका लागि उम्मेदबार बनाएको हो । सिरहाको नवराजपुर गाँउपालिकाको अध्यक्षमा रानी देवी महतोलाई फोरम नेपालले उठाउन लागेको छ ।
मधेशको पहिलो शहीद रमेश महतोकी आमा फोरम नेपालको तर्फबाट चुनावमा होमिएपछि मधेशमा यसलाई विशेष महत्वका साथ हेरिएको छ ।फोरम नेपाल केन्द्रिय सदस्य तथा रमेश महतो प्रतिष्ठानका अध्यक्ष राजलाल यादवले उम्मेदबारीको पुष्टि गर्दै भने,– ‘उहाँको उम्मेदबारीको लागि फोरम नेपाल सिरहाको गाँउपालिका कमिटिले निर्णय गरिसकेको र त्यो सबैचीज प्रक्रियामा गइसकेको छ ।’फोरम नेपालले शहीद परिवारको सम्मान गर्दै शहीद परिवारबाट उम्मेदबार बनाउने निर्णय गरेपछि रानीदेवीको उम्मेदबारी चर्चित बनेको छ ।
पार्टी केन्द्रीय कोषाध्यक्ष विजय यादवले भने मधेश आन्दोलनका शहीदहरुको अन्य परिवारले पनि स्थानीय निकायको चुनावमा उम्मेदबार बनेर भाग लिन चाहना गरेमा सिरहामा मात्रै नभई मधेशभरी नै शहीद परिवारलाई पार्टीले त्यसको उच्च सम्मान गर्ने फोरम नेपालका केन्द्रीय कोषाध्यक्ष एवं पूर्वमन्त्री विजय यादवले जानकारी दिए ।
फोरम नेपालका नेता यादवले भने,– ‘स्थानीय चुनाव लगायतका हरेक अवसर लगायत स्थानमा शहीद परिवारलाई प्राथमिकता दिने हाम्रो पार्टीको मुख्य नीति नै हो ।‘फोरम नेपाल सिरहाका अध्यक्ष बादल यादवले राज्यले मधेशका शहीदलाई उचित सम्मान गर्न नसकेकोले पार्टीले टिकट दिएर हामीले थोरै भए भएपनि शहिदप्रति सम्मान गर्ने प्रयास गरेको बताए ।
Facebook Comments