Loading...
प्रचण्डले आफ्नै सांसदहरुसँग पोखे आक्रोस: माओबादीले चामल समेत बेच्न सकेन किन ?

काठमाडौं, जेष्ठ १८ । प्रधानमन्त्री एबम माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै सांसदहरुसँग आक्रोश पोखे, अरुले पिठो बेचे हामीले चामल समेत बेच्न सकेनौं किन ? संसदीय दलको बैठकमा सम्बोधन गर्दे प्रचण्डले यस्तो आक्रोश पोखेका हुन । सरकारले दर्जनौ राम्रा काम गरेका छन तर जनता सामू हामीले लान सकेनौ यो हाम्रो कमजोरी हो प्रचण्डको भनाई थियो ।

लोडसेडिङको अन्त्य, आार्थिक बृद्दिदरमा बढोत्तरी, हुलाकी राजमार्ग र फास्ट ट्याक निर्माण, स्थानीय तहको निर्बाचन सम्पन्न लगायत महत्वपुर्ण कार्य माओबादी नेतृत्वको सरकारले गरेको भन्दै दाहालले जनतामाझ यस्ता बिषयहरु लान सांसदहरुलाई सुझाएका छन ।

प्रचण्डले स्थानीय तहको निर्बाचनलाई कम नआक्न र दोस्रो चरणको चुनाबमा माओबादी केन्द्रलाई बिजयी बनाउन सक्दो प्रयास गर्न समेत सांसदहरुलाई निर्देशन दिएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *