Loading...
नयाँ बन्ने मन्त्रिपरिषदमा सत्ताकालागि हानथाप सुरु, यस्ता छन् आकांक्षी !

काठमाडौं, १६ जेठ । सत्ताकालागि हानथाप सुरु भएको छ । कांग्रेससँग भएको भद्र सहमति पालना गर्दै शेरबहादुर देउवाकालागि प्रधानमन्त्री पुष्पकमल दाहालले पदत्याग गरेपछि नयाँ बन्ने मन्त्रिपरिषद्मा को–को सहभागी बन्ने भन्ने विषयमा हानथाप सुरु भएको  हो । सत्ता गठन समिकरण सुरु भएसँगै नयाँ सरकारमा सहभागी बन्ने आकांक्षी कांग्रेस माओवादीभित्र पलाउन थालेको छ । सरकारको नेतृत्व छाडेको नेकपा माओवादी केन्द्रमा त निर्वाचनलगायतका राजनीतिक अन्यालमा बढिरहेका बेला आकांक्षीहरुले भित्री लबिङ नै थालेका छन् ।

यद्यपि, माओवादी केन्द्रमा नयाँ सरकारमा कसलाई पठाउने भन्ने विषयले अहिलेसम्म औपचारिक प्रवेश पाएको छैन । माओवादीमा यो विषयले औपचारिक प्रवेश नपाए पनि विभिन्न खाले चर्चाहरु भइरहेका छन् । देउवा नेतृत्वमा सरकार बन्दा अहिले माओवादीले सम्हालेका प्रमुख मन्त्रालय कांग्रेसले र कांग्रेसले सम्हालेको मन्त्रालय माओवादी केन्द्रले सम्हाल्ने सम्भावना छ । यदि यस्तो भएमा माओवादीले उपप्रधान तथा गृहमन्त्री बनाएर कुनै एक नेतालाई सरकारको नेतृत्व गरेर पठाउने छ । अहिले माओवादीमा सरकारको नेतृत्व गर्ने विषयमा नै तीब्र हानथापको स्थिति देखिने प्रारम्भिक आंकलन भएको छ । स्रोतका अनुसार सरकारको नेतृत्व आफूले पाउनुनर्पे भन्दै झन्डै आधा दर्जन नेता अहिलेदेखि नै तम्सिन थालेका छन् ।

माओवादीबाट सरकारको नेतृत्व गर्ने आकांक्षा पाल्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पार्टीबाट नेतृत्व गरेका टोपबहादुर रायमाझी अग्रपंक्तिमा छन् । उनले पार्टीका सांसद्मध्ये आफू वरिष्ठ भएकाले सरकारको नेतृत्व पाउनु पर्ने दाबी नेताहरुसँग गरेका छन् । ओली सरकारमा सहभागी हुँदा महत्वपूर्ण मन्त्रालय पाएर पनि खासै राम्रो पर्फमेन्ट देखाउन नसकेकाले माओवादीमा टोपबहादुरले नेतृत्व सम्हाल्ने सम्भावना भने कमजोर रहेको बताइन्छ । यसअघि शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका नरायणकाजी समूहका गिरिराजमणि पोखरेल पनि देउवा नेतृत्वको सरकारमा पार्टीको  नेतृत्व सम्हाल्ने सम्भावना भएका एक दावेदार हुन् ।

नारायणकाजी श्रेष्ठले सरकारमा आफ्नो हिस्सा खोज्ने र उनले खोजेको हिस्सा पार्टीले दिएमा पोखरेलको पल्लाभारी हुनेछ । प्रचण्ड नेतृत्वको सरमारमा अर्थमन्त्रालय सम्हालेका कृष्णबहादुर महराले गृहमन्त्रालय ताकेता छन् । ऊर्जा मन्त्रालय सम्हालेर चर्चामा रहेका जनार्दन शर्माले सरकारको नेतृत्वमा एक कदम अघि बढेर दाबी पेस गर्ने सम्भावना छ । केपी ओली सरकारमा नै गृह मन्त्रालयको बागडोर सम्हाल्ने चाहना राखेका शर्मालाई प्रचण्डले थुमथुम्याएर राखेकाले उनले अब बन्ने सरकारमा गृहमन्त्रालय खोजेका छन् ।

सरकारमा देखाएको पर्फमेन्ट र बढेको लोकप्रियताले पनि माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरेर जाँदा शर्माको सम्भावना अरु भन्दा बलियो देखिन्छ । शर्मा सरकारको नेतृत्व गरेर नगए पनि दोहोरिने सम्भावना भने बढी रहेको बताइन्छ । स्रोतका अनुसार उनलाई ऊर्जामै निरन्तरता दिनुपर्ने मत पार्टीभित्र र बाहिर दुवैतिरबाट आइरहेको छ । यस्तै, कांग्रेसमा विमलेन्द्र निधी फेरी मन्त्री बन्न खोजेको समाचार शुत्र बताउँछ । त्यस्तै, रामचन्द्र पौडेल, खुमबहादुर खड्काले समेत कांग्रेस भित्र भाग खोजेको बताइन्छ । यसरी सत्ताका लागि हानथाप सुरु हुदाँ संविधान कार्यन्वयन ओजेलमा पर्ने खतरा कतै देखिएको त होइन भन्ने चिन्ता उत्पन्न हुन थालेको छ ।

newsabhiyan.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *