Loading...
थारुमाथि गोली बर्साउनेसंग जनताले हिसाब लिन्छन : होरीलाल चौधरी

धनगढी, १७ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि कैलालीका केही नगर र गाउँपालिकामा संघीय समाजवादी फोरम, नेपालले उम्मेदवारी घोषणा गरेको छ । तेह्रवटा स्थानीय तह रहेको जिल्लामा बुधबारसम्ममा दुईवटा नगरपालिका र एउटा गाउँपालिकामा प्रमुख पदको उम्मेदवार घोषणा गरिएको हो ।

जानकी नगरपालिकामा ससफोबाट जनक चौधरीलाई मेयरको उम्मेदवार बनाइएको छ । यसैगरी टिकापुर नगरपालिकाको मेयरमा भने गोवद्र्धन विकलाई मेयरको रुपमा अघि सारिएको छ । दुवै नगरपालिकाको उपमेयरमा भने नयाँ शक्ति पार्टीबाट उम्मेदवार बनेका छन् ।

कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा चन्द्रप्रकाश चौधलीलाई उम्मेदवार बनाइएको छ । उनी ससफो नेपाल थरुहट तराई प्रदेश समितिका सदस्य हुन् । यस गाउँपालिकाको उपाध्यक्षमा नयाँ शक्ति पार्टीको उम्मेदवार बन्नेछन् । घोडाघोडी नगरपालिकाको उपमेयरमा भने ससफो नेपालको तर्फबाट सुशीला चौधरीलाई उम्मेदवार बनाइएको छ । यस नगरपालिकाको मेयरमा भने नयाँ शक्ति पार्टीको तर्पmबाट उम्मेदवारी दिइनेछ ।

कैलालीको गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाको प्रमुखमा नयाँ शक्ति पार्टीबाट उम्मेदवारी दिने सहमति भएको छ । कैलालीमा धनगढी उपमहानगरपालिका (१९), टिकापुर (९), लम्किचुहा(१०), घोडाघोडी (१२), भजनी (९), गोदावरी (१२) र गौरीगंगा (११) गरी ६ वटा नगरपालिका छन् भने जानकी (९), बर्दगोरिया (६), मोहन्याल (७), कैलारी (९), जोशीपुर (७), चुरे (६) गरी ६ वटा गाउँपालिकाहरू छन् । जसमा १ सय २६ वटा वडाहरू रहेका छन् ।

थरुहटको कैलालीबाट एमाले लगायतका आदिवासी जनजाति र मेधसी विरोधी दलहरूलाई जनताले नरुचाउने संघीय समाजवादी फोरमका राजनीतिक समिति सदस्य होरीलाल चौधरीले बताए । ‘थरुहट र मधेस आन्दोलनका बेला एमाले सबैभन्दा विरोधी भएकोले एमालेलगायत दललाई बढार्ने अभियान जारी रहेको छ,’ उनले भने, ‘थारु र मेधसीमाथि गोली हान्ने सत्तासिन दलहरूलाई थरुहटका जनताले चिनेका छन् ।’ ‘थरुहटका जनतामाथि एमाले, कांग्रेस र माओवादीले गरेको ज्यादती राम्रोसँग थाहा छ,’ ससफो नेपाल, तराई–थरुहट प्रदेश समितिका अध्यक्ष समेत रहेका नेता चाधरीले भने, ‘पहिलो कुरा त जनताले यो कुरा बुझेका छन्, यदि अहिले नै नबुझे पनि ढिलो चाँडो यो कुरा बुझ्ने छन् । त्यसैले जनताले यतिबेला एमाले लगायत दलको बिरुद्ध आफ्नो मतलाई सही ढंगले प्रयोग गर्नेछन् ।’

उम्मेदवारी तय हुन बाँकी अन्य नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुखहरूका लागि पनि सहमति जुटाउने प्रयास भइरहेको ससफो नेपाल कैलालीका सचिव दलबहादुर घर्तीले जानकारी दिए । कैलालीअन्तर्गतका स्थानीय तहमा कुनै पनि वडाहरू खाली नराखेर दुवै पार्टीबीच उम्मेदवारी तय भइरहेको समेत सचिव घर्तीले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *