Loading...
पटक पटकको गोप्य छलफल पछी काङ्रेश नेतृत्वको सरकारमा राजपा पनि सहभागी हुने महामन्त्री सशाङ्क कोइरालादवारा खुलाशा

काठमाडौं । पार्टी दर्ता र चुनाव चिन्हको माग गर्दै दोस्रो पटक आन्दोलन घोषणा गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाली कांग्रेस नेतृत्वको सरकारमा जाने दाबी गरिएको छ । कांग्रेसले चुनाव चिन्ह दिलाउनेर त्यसपछि राजपाले आन्दोलन स्थगित गरेर सरकारमा जाने गरी कांग्रेस र राजपाबीच गोप्य सहमति भएको बताइन्छ ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले तीन दिन भित्र आफ्नो पार्टी नेतृत्वमा सरकार गठन हुने बताउँदै अब गठन हुने नयाँ सरकारमा राजपा पनि सहभागी हुने दाबी गरेका छन् । कोइरालाको दाबी अनुसार चुनाव चिन्ह पाए तत्काल आन्दोलन स्थगित गरेर निर्वाचन र सरकारमा जान राजपा तयारी अवस्थामा बसेको छ ।

कांग्रेस र राजपाबीच कुनै गोप्य सहमति भए नभएको बारे प्रष्ट जवाफ दिन नचाहेपनि अबको कांग्रेस नेतृत्वको सरकारमा राजपा पनि सहभागी हुने महामन्त्री कोइरालाले खुलाशा गरेका छन् । राजपा र कांग्रेसका नेताहरुबीचयसअघि पनि पटक पटक गोप्य छलफल भइसकेको छ ।बिहिबार संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री कोइरालालेभने,– ‘तपाईहरु ढुक्क हुनुस्, कांग्रेस नेतृत्वको अबको सरकारमा राजपा पनि सहभागी हुन्छ ।’

उनले काँग्रेस नेतृत्वमा सरकार गठन हुनेमा विश्वस्त रहन पनि सबैमा आग्रह गरे ।पार्टी दर्ता गरेर चुनाव चिन्ह दिलाउन कांग्रेसले पहल गर्ने र आन्दोलनका सबै कार्यक्रम स्थगित गरी सरकारमा सहभागी भएर चुनावमा जाने बिषयमा पाँचदिन अघि नै कांग्रेस र राजपा नेताहरुबीच गोप्य सहमति भइसकेको स्रोतको दाबी छ ।

यद्यपि, चुनाव चिन्ह नपाएसम्म आन्दोलन स्थगित नगर्ने राजपा नेताहरुले बताउँदै आएका छन् ।यसअघि राजपा नेताहरुले पटक पटक निर्वाचन आयोग पुगेर पार्टी दर्ता र चुनाव चिन्हका लागि आग्रह गरिसकेका छन् । तर, निर्वाचन आयोगले चुनाव चिन्ह दिन इन्कार गरेपछि मधेशको केही जिल्लाहरुमा प्रभाव रहेको राजपा आन्दोलनमा गएको हो ।

राजपाभित्रका शरतसिंह भण्डारी र महेन्द्र राय यादव लगायतका नेताहरुले स्थानीय चुनावलाई विकाससँग जोडेर निर्वाचनमा जानु पर्ने पक्षमा छन् भने खासै जनाधार नभएका राजकिशोर यादवसहितका नेताहरुले आन्दोलनमा जोड दिइरहेका छन् । महन्थ ठाकुर र अनिल कुमार झा भने यसबिषयमा मौन भएर बसेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *