Loading...
खान नदिएको भन्दै म्यादी प्रहरीको आन्दोलन, महिला प्रहरीलाई जिस्क्याएको आरोप

नरेन्द्र गुप्ता गौर, – खान नदिएको भन्दै म्यादी प्रहरीको आन्दोलन, महिला प्रहरीलाई जिस्क्याएको आरोप ।लहान, जेठ १८ । सिरहाबाट छनोट भई सप्तरीमा खटिएका म्यादी प्रहरीले बुधबार इलाका प्रहरी कार्यालय लहानअगाडि प्रदर्शन गरेका छन् ।

आफूहरुलाई काममा खटिंदा खाना र बस्न नदिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । म्यादी प्रहरीका लागि सरकारले उपलब्ध गराएको पोसाकमै जिल्ला प्रहरी कार्यालय सिरहाअगाडि उनीहरुले प्रदर्शन गरेका थिए । सिरहामा छनोट भइ सप्तरीमा खटिएकामध्ये ८० जना म्यादीले प्रदर्शन गरेको बताइएको छ ।

उनीहरुले आफूहरुलाई एक जिल्लामा छनोट गरेर अर्कै जिल्लामा पठाएर विभेद गरेको आरोपलगाए । उनीहरु जिल्ला प्रहरी कार्यालय सप्तरीअन्तर्गत इलाका प्रहरी कार्यालय रुपनी, कल्याणपुर लगायतमा खटिएका थिए । सप्तरीस्थित इलाका प्रहरी कार्यालय रुपनीबाट करिब २५किलोमिटर दूरी पार गर्दै म्यादी प्रहरी पैदलै इलाका प्रहरीकार्यालय लहान आइपुगेका थिए।

आफूहरुलाई प्रहरीले कार्यालयमा बस्न नदिएको, खानका लागि ‘जहाँ मन लाग्छ त्यही जाउँ’भनेर हप्काउने गरेको एक म्यादी प्रहरीले बताए ।

नेपाल प्रहरीले म्यादी प्रहरीमा खटिएका महिलाहरुलाई जिस्क्याउने गरेको, ड्युटीमा खटिंदा नेपाल प्रहरीसँगै नगएकोलगायतका आरोप उनीहरुको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *