
काठमाडौँ, जेष्ठ १८ । नेकपा माओबादी केन्द्रकी प्रबक्ता पम्फा भुसालले भरतपुर मतगणनाको विवादको बिषयलाई लिएर नेकपा एमालेको गतिबिधि प्रति आपत्ति जनाएकी छिन् । सामाजिक संजाल मार्फत प्रबक्ता भुसालले आपत्ति जनाएकी हुन् ।
भुसालले एमालेको सदन अवरुद्ध गर्ने, बन्द र मसाल जुलुसजस्ता कार्य लोकतन्त्र र संवैधानिक निकायमाथिका नागों हस्तक्षेप भएको बताएकी छिन् । भुसालको भनाइ छ, निर्वाचन आयोग स्वतन्त्र संवैधानिक निकाय हो संवैधानिक निकायमाथि नागों हस्तक्षेप एमालेले गरिरहेको छ ।
भरतपुरको मतगणनाको विवादको समाधानका लागि आयोगले आफ्नो प्रक्रिया अगाडि बढाएको बताउदै माओबादी केन्द्रकी प्रबक्ता भुसालले एमालेले संवैधानिक निकायमाथि दवाव सिर्जना गर्न र सरकारलाई अनावश्यक लान्छित् गर्ने उद्धेश्यले गतिबिधि गरिरहेको आरोप लगाएकी छिन् ।
Facebook Comments