Loading...
फोरम नेपालका नेता खगेन्द्र माखिमले भने “बाचुन्जेल लिम्बुवान राज्य प्राप्तिको मुद्दा छाड़दिन”

काठमाडौं, १८ जेठ । संघीय समाजवादी फोरम नेपालका नेता खगेन्द्र माखिमले लिम्बुवान राज्य प्राप्तिको मुद्दा नछोडेको बताएका छन् । पार्टी अन्तर्गत लिम्बुवान प्रदेश समितिका अध्यक्ष समेत रहेका उनले लिम्बुवान प्रदेश प्राप्तिकै लागि संघीय लिम्बूवान पार्टी र संघीय समाजवादी फोरम नेपालबीच एकता गरिएको प्रष्ट पारे । केही समयअघि माखिम नेतृत्वको संघीय लिम्बुवान पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकता गरिएको थियो । एकतापछि माखिमले लिम्बूवानको मुद्दा छोडेको भन्दै आलोचना गरिएको थियो । ‘सम्पूर्ण पहिचानवादी शक्तिहरु एक भएर संघर्ष गर्नु नै अहिलेको राजनीतिक आवश्यकता हो,’ बिहिबार काठमाडौंमा सन्डेखबर डटकमसँग कुरा गर्दै माखिमले भने, ‘वास्तवमा लिम्बुवान प्रदेश प्राप्तिको आन्दोलनलाई सफल बनाउनकै लागि पार्टी एकता गरिएको हो ।’ पार्टी एकतापछि लिम्बुवानका कार्यकर्ताहरुमा उत्साह छाएको र हाल चुनावी अभियान समेत उत्साहजनक ढंगले अघि बढिरहेको उनले बताए ।

स्थानीय चुनावलाई उपयोग गर्ने हाम्रो रणनीति हो

माखिमले स्थानीय तहको निर्वाचनलाई पार्टीले हाल उपयोग मात्रै गर्ने बताएका छन् । स्थानीय तहको निर्वाचनबाट पहिचान सहितको राज्य प्राप्त नहुने उनले बताए । ‘जनतालाई आप्mनो पक्षमा लिएर नयाँ नीति बनाएर आन्दोलनमा जाने एउटा माध्यम हो स्थानीय चुनाव,’ उनले भने, ‘यही कारण संविधान संशोधन नभए पनि हाम्रो पार्टी निर्वाचनलाई संघर्षको रुपमा लिदै अघि बढेको हो ।’

स्थानीय तहको निर्वाचनमा गएपछि आप्mनो मत कति छ भन्ने प्रष्ट हुने र त्यसले नयाँ नीति र कार्यदिशा तय गर्न सहयोग पुग्ने उनले बताए । ‘हामीले यो चुनावबाट आम पहिचानवादी जनतालाई एक ठाउँमा ल्याउनुपर्नेछ,’ उनले भने, ‘तैपनि यो चुनावबाट लिम्बुवान प्राप्त हुँदैन, चुनाव एउटा साधन मात्रै हो ।’

संघीयता बारे काठमाडौंलाई होइन, मधेस र लिम्बूवानका जनतालाई सोध्नुस्

माखिमले पहिचान र संघीयता मधेस र लिम्बुवानका जनतालाई नै बढी आवश्यकता परेको बताए । ‘संघीयता के हो ? मधेसको जनतालाई सोध्नुहोस, लिम्बुवानको जनतालाई सोध्नुहोस, या किरातकालाई सोध्नुहोस,’ उनले भने, ‘काठमाडौंमा बसेर पहिचान र संघीयताको सवाल सोधेर हुँदैन ।’ उनले २१ औ शताब्दीका जनता सचेत रहेकाले अबको निर्वाचनमा जनताले संघीय समाजवादी फोरमलाई मतदान गर्ने बताए । संघीयता स्थापित गर्ने मधेसका जनताले एमाले र कांग्रेसजस्ता दलहरुलाई राम्रोसँग बुझेको उनको कथन छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *