
काठमाडौँ, जेष्ठ १९ । न्यायधीश गोपाल पराजुलीलाई प्रधानन्यायधीश हुनबाट रोक्न प्रधानन्याधीश शुशिला कार्की पुनं सक्रिय भएका छन । सत्तारुढ दलहरुले महाअभियोग प्रस्ताव फिर्ता लिएपछि पछिल्लो समय कार्कीको सक्रियता बढेको हो । न्यायधीश गोपाल पराजुली माथि परेको मुद्दाको सुनुवाई हुने मौका छोपी प्रधानन्यायधीश कार्कीले पराजुलीलाई दोषी ठहर गर्न आफु निकट न्यायधीशहरुसँग सरकारी निबासमै परामर्श गरेको बुझिएको छ ।
महाअभियोग प्रस्ताब दर्ता भए पश्चात निलम्बनमा परेको बेला न्यायधीश गोपाल पराजुलीले कार्कीको बिरोधमा गरेको गतिबिधि प्रति असन्तुष्ट कार्कीले पुर्व प्रधानन्यायधीशहरुसँग पनि यसै बिषयमा परामर्श गरेको बुझिएको छ । अबकाश पाउन केही समय बाँकी रहँदा कार्कीले देखाएको सक्रियताले सत्तारुढ दलहरु भने संशकित भएका छन ।
प्रहरी महानिरीक्षक प्रकरणमा राज्यका प्रमुख अंगहरुबीच देखिएको बिबाद केही साम्य हुदै गर्दा न्यायधीश गोपाल पराजुलीलाई प्रधानन्यायधीश हुनबाट रोक्न न्यायलय भित्र छदमरुपी षडयन्त्र भइरहेको न्याय क्षेत्रका विज्ञहरु बताउछन् ।
Facebook Comments