
काठमाडौँ : मोरङ उर्लाबारीकी २० वर्षीया नीकिता चन्दक यो वर्षकी नेपाल सुन्दरी बनेकी छिन्। होटल अन्नपूर्णमा भएको मिस नेपाल २०१७ मा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको उपाधि जितेकी हुन्। उनले आगामी वर्ष हुने मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। व्यवसायिक मोडल रहेकी चन्दकले भारतको जेडी इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीमा फेसन कम्युनिकेसन अध्ययन गरेकी छिन्।
मुख्य जज नेपाल राष्ट्र बैँकका गभर्नर चिरन्जीवी नेपालको महिलाले देशको आर्थिक विकासमा कस्तो योगदान पुर्याउन सक्छन् भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनी मिस अर्थ नेपालको टाइटल हात पारेकी हुन्। रोजिना श्रेष्ठ मिस नेपाल अर्थ भइन् भने मिस नेपाल इन्टरनेसनको उपाधि अर्की मोडल नीति शाहले पाइन्।
सहारा बस्नेत मिस एसिया प्यासेफिक इन्टरनेसनल घोषित भइन्।
pahilo post बाट
Facebook Comments