Loading...
मोरंगमा कांग्रेश-एमाले कै हाराहारीमा कार्यकर्ता भएको फोरम नेपालमा अर्को सिङ्गै पार्टि नै भित्रियो

अर्जुन जम्नेली राई
मोरङ १९, जेष्ठ । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय मधेश एकता पार्टीबीच एकीकरण भएको छ । पहिचान, अधिकार र संघीयताको सवालमा फोरम नेपाल पहिलो पार्टी भएको भन्दै राष्ट्रिय मधेश एकता पार्टी पहिचानको मुद्दामा मिसिएको छ । शुक्रबार विराटनगरमा आयोजित पार्टी एकीकरण कार्यक्रममा संघीय समाजवादी फोरमको केन्द्रीय उपाध्यक्ष युवाराज कार्कीले पहिचानको आवाजलाई अझ बुलन्द बनाउन बाबुराम कार्की अध्यक्ष रहेको एउटा सिङ्गै नयाँ पार्टीलाई स्वागत गरेर फोरम नेपालमा भित्र्याएका छन् ।

फोरम नेपाल र राष्ट्रिय मधेश एकता पार्टीको नीति, सिद्यान्त एउटै भएकोले सँगै एउटै झन्डामुनि उभिएर संघर्ष गर्न पार्टी एकता गरेको नवप्रवेशी पार्टीका अध्यक्ष बाबुराम कार्कीले प्रतिक्रिया दिए । पार्टी एकीकरण समारोहलाई सम्बोधन गर्दै फोरम नेपालका केन्द्रीय उपाध्यक्ष युवराज कार्कीले एमाले अध्यक्ष केपी ओली पूर्व राजा ज्ञानेन्द्रसँग मिलेर गणतन्त्र सिध्याउने खेलमा लागेको आरोप लगाएका छन् ।

देखाउनलाई बाहिर लोकतान्त्रिक देखिने एमाले जस्ता केही छद्मभेषी दलले गणतन्त्र सिध्याउन निर्वाचन हुनै नदिने षड्यन्त्र रचेपछि संघीय समाजवादी फोरम नेपालले चुनावलाई पनि संघर्षकै रुपमा लिएर निर्वाचनमा गएको स्पष्ट गरे ।  पहिचानवादीको आन्दोलनको कारण प्रचण्ड सरकारले संविधान संशोधन गर्न लाग्दा एमाले अध्यक्ष केपी ओली र ज्ञानेन्द्र मिलेर राप्रपाको १० जना सांसद बेपत्ता बनाएको उनले आरोप लगाए ।

‘ज्ञानेन्द्र एक्लै लाग्दा उनलाई जनताले झुण्ड्याउन सक्थे’– ओली र ज्ञानेन्द्रप्रति खरो विरोधमा उत्रिएका उपाध्यक्ष कार्कीले भने, ‘ओलीसमेत गणतन्त्र मास्ने खेलमा लागेपछि हामी निर्वाचनमा जान बाध्य भएका हौं ।’ ओलीको गद्दारीले गर्दा संविधान संशोधन हुन नसकेको उनको आरोप छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *