Loading...
आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा अख्तियारको फन्दामा, यस्ता छन् कर्तुत !

काठमाडौँ, जेठ १९ – आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । आर्थिक अनियमितता र भ्रष्टाचार गरेको आरोपमा शुक्रबार आयोगको टोलीले शर्मालाई कार्यालयबाट नै पक्राउ गरेको हो ।

अख्तियार स्रोतका अनुसार शर्मालाई अहिले आयोगको कार्यालय टंगालमा लगेर बयान लिइरहेको छ । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागमा रहेका शर्मालाई राजस्व विभागमा सुरुवा गरिएको थियो । यसअघि महानिर्देशक शर्मा सुनसरीको प्रमुख जिल्ला अधिकारी हुँदा सुगम ग्याँस काण्डमा पनि मुछिएका थिए । सुगमको फुटरिङ काण्डमा सञ्चालक शिव प्रसाद घिमिरेलाई उन्मुक्ति दिएको आरोप उनलाई लागेको थियो ।

नयाँ अख्तियार प्रमुख दीप वस्न्यात आएपछि उनको यो पहिलो ठूलो कारवाही हो ।

ratopati baat

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *