Loading...
‘दलित समुदाय एकजुट भएर प्रमुख पदमा लडेर जित्नुपर्छ’

कञ्चनपुर, १९ जेठ । स्थानीय तहको चुनावमा दलितले प्रमुख पदमा समेत उम्मेदवारी दिएर जित्नकालागि भरमग्दुर प्रयास गर्नुपर्नेमा एक कार्यक्रमका वक्तालेहरुले जोड दिएका छन् । दलित सरोकार मञ्च नेपालले शुक्रवार तिलाठीमा आयोजित ‘स्थानीय तहको चुनावमा दलित प्रतिनिधित्व’ विषयक अन्तक्रिया कार्यक्रमका सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन् । कार्यक्रममा दलित अगुवाहरुले राजनीतिक दलले दलितलाई वडामा महिला सदस्यमा सिमित गर्न खोजेको भन्दै त्यसको विरुद्ध दलित एक जुट हुनुपर्ने आवश्यकता औंल्याए ।
दलित अगुवा सानो देवी रामले स्थानीय तहमा अब दलित महिला सुनिश्चित भएकाले दलितकोलागि आएको बजेट सही सदुपयोग हुने विश्वास व्यक्त गरिन् । नेपाल दलित कर्मचारी मिलन केन्द्रका केन्द्रिय अध्यक्ष समेत रहेका शिक्षक सुकदेव रामले साविक तिलाठीमा दलित थोरै भए पनि तिलाठी कोइलाडी गाउँपालिका भरिमा दलित समुदायको २५ प्रतिशत भन्दा मतदता संख्या बढी भएकाले ठुला पार्टीले उपमेयर तथा वडा अध्यक्षमा दलित महिलालाई उम्मेदवार बनाउनु पर्ने बताए ।
कार्यक्रममा एमालेका दिवानन्द मिश्रले यस गाउँपालकामा दलित समुदाय एकजुट भएर आए भने उप–प्रमुख लगायत अन्य पदमा समानुपातिक सहभागिता हुने बताए । सरकारले निर्वाचन ऐनमा दलित महिला,अल्पसंख्यक वा दलित हक अधिकार दिएको त्यसलाई उपयोग गर्न आग्रह गरिएको उनले जानकारी दिए । अर्का दलित नेता हरिदेव रामले दलितहरु पनि पढेलेखेको र क्षमतावान भइसकेकोले उपमेयरमा दावी गर्नुपर्ने बताए । कार्यक्रममा नेपाली कांगे्रसका प्रतिनीधि मुंगालाल ठाकुर, मधेशी जनअधिकार फोरम लोकतान्त्रिका लक्ष्मी नारायण ठाकुर, प्रधानाध्यापक प्रविण कुमार कर्ण, दलित अगुवा बेचन राम र दलित महिला मञ्जु देवी राम लगायतले दलितहरु एकजुट भएर प्रमुख तथा उप–प्रमुख पदमा दावी गर्नुपर्ने बताए ।
कार्यक्रममा भोला पासवानले तिलाठी कोइलाडी गाउँपालिका–८ वटा वडामा कुल मतदाता र ती वडामा दलितहरुको अवस्था विश्लेषण गरि तयार पारिएको कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा स्थानीय तहको चुनावमा दलित प्रतिनिधित्व सम्बन्धी कानुनी व्यवस्था र दलितकोलागि स्थानीय तहको चुनावको आवश्कता र महत्ववारे उल्लेख गरे । पासवानका अनुसार सप्तरीको ९ वटा नगरपालिकामध्ये दलितको सबभन्दा बढी १८ प्रतिशत जनसंख्या तिलाठी कोइलाडी गाउँपालिकामा छ । दलित सरोकार मञ्च नेपाल सप्तरीका अध्यक्ष युक्तिलाल मरिकको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन जिल्ला संयोजक राजकुमार पासवानले सञ्चालन गरे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *