
राजविराज, २० जेठ । सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै नयाँ शक्ति पार्टी नेपाल सप्तरीले चुनावी अभियानमा तिब्रता दिएका छन् । नयाँ शक्तिले सप्तरीमा पार्टीका तर्फबाट आफ्ना दाबेदार उमेदवारहरूको नाम लिष्ट सार्वजनिक गरेका छन् । पार्टीका तर्फबाट सुरुङ्गा नगरपालिकामा नयाँ शक्तिका केन्द्रीय कार्यकारी सदस्य तथा महिला नेतृ लक्ष्मी चौधरीको नाम व्यापकतामा छन् भने खड्क नगरपालिकाको मेयरमा पूर्व–सभासद स्वर्गीय सदरूल मियाँको भाइ अबुल हुसेनको नाम चर्चामा छन् ।
यसैगरी उप–मेयरमा ममता चौधरी र रितादेवी चौधरीले दाबेदारी गरेका छन् । शम्भुनाथ नगरपालिकामा भगीरथ प्रसाद साह, राजविराज नगरपालिकाको मेयरमा डम्बर नारायण साह, उपमेयरमा शोभा देवको नाम अगाडि सारेका छन् । त्यस्तै डाक्नेश्वरी नगरपालिका मेयरमा कनकलाल साह, उपमेयरमा गीतादेवी यादवको नाम पनि चर्चामा रहेको छ । कंकालिनी हनुमाननगर नगरपालिकाको मेयरमा सरिता यादवको नाम अग्रपंक्तिमा छन् । यसैगरी वर्साइन नगरपालिकामा रामकुमार चौधरी र निर्मल साहको नाम अगाडि सारिएको छ ।
रूपनी गाउँपालिकाको प्रमुखमा कमला गौतम साह, उप–प्रमुखमा तेजनारायण यादव, कृष्णा सावरण गाउँपालिका प्रमुखमा नबुद खलिफा, उप–प्रमुखमा मन्जु चौधरी, शम्भुदेवी खङ्ग र श्रीकुमारी चौधरीको नाम दाबेदारको रुपमा छन् । छिन्नमस्ता गाउँपालिका प्रमुखमा सूर्यनारायण मण्डल ‘कुरुड’, उप–प्रमुखमा प्रमिलादेवी साह, बिष्णुपुर गाउँपालिका प्रमुखमा गुलाब देवको नाम अगाडि सारिएको छ ।
यसैगरी वेल्हीचपेना गाउँपालिका प्रमुखमा धनेश्वरी देवी साह छिन् । सप्तरीमा ८ नगरपालिका ९ गाउँपालिका गरी १७ स्थानीय तह छन् । जसमा नयाँ शक्ति पार्टीले चुनावी अभियानमा आफ्नो तयार गरेका छन् ।
Facebook Comments