
बृजमान तामाङ ÷बिरेन्द्र बजार २० जेठ । सप्तरीमा मधेश केन्द्रित दलसहित विभिन्न पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने क्रम बढेको छ । जनमतबाट स्थानीय सरकार र सत्तामा मधेशी लगायत उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने तथा सघर्षलाईसँगै अघि बढाउने नीति लिई फोरम नेपाल चुनावमा भाग लिने भएपछि पार्टी प्रवेश गर्नेको लर्को लागेको हो । यसैक्रममा शनिवार समेत सप्तरीको विभिन्न स्थानबाट राष्ट्रिय जनता पार्टी लगायतबाट पार्टी परित्याग गरी सयौको सङ्ख्यामा फोरम नेपालमा प्रवेश गरेका छन् ।
संघीय समाजवादी फोरम नेपाल लालापट्टी गाउँ समितिका अध्यक्ष उमेश यादवको अध्यक्षतता तथा राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा छिन्नमस्ता स्थित खुदीबखारीमा आयोजित कार्यक्रममा राजपा परित्याग गरी बिन्देश्वर मण्डल, छेदी मण्डल, शिबजी मण्डल लगायतका सय जना स्थानीय तथा कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका छन् । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सुर्यनाथ यादव, चित्तनारायण यादव, जिल्ला अध्यक्ष दिनेश कुमार यादव, जिल्ला सदस्यहरु केदार यादव, महेश यादव, राजेन्द्र यादवलगायतकाले बोल्दै पहिचान र संघीयता रक्षाकालागि चुनावमा भाग लिई जनमत जुटाउनु पर्नेमा जोड दिए । यसैगरी सप्तरीको कोइलाडी तिलाठी र गोइठीमा समेत सयौ कार्यकर्ता अन्य पार्टी परित्याग गरी फोरममा प्रवेश गरेको फोरम नेपाल सप्तरीले जनाएको छ ।
केही दिन अघि मात्र राष्ट्रिय जनता पार्टी नेपालका प्रभावशाली केन्द्रीय नेताहरु भिमराज यादव, भरत साह, कृष नारायण यादवको नेतृत्वमा करिब दुई हजार नेता तथा कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका थिए ।
Facebook Comments