Loading...
बेदानन्द झा, भद्रकाली मिश्र, काजिमान कन्दंवाहरुले संघीयता र पहिचानको कुरा उठाए तर संघीयताको पिता उपेन्द्र यादव

जसले जे सुकै भनुन नेपालमा संघीयताको पिता (Father of Federalism) संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव नै हो । बेदानन्द झा, भद्रकाली मिश्र, काजिमान कन्दंवाहरुले संघीयता र पहिचानको कुरा उठाएको सत्य हो । संस्थापक कम्युनिष्ट नेता पुस्पलालले प्रदेशहरुको संयुक्त राज्यको रुपमा जनवादी नेपालको नारा दिएको पनि सत्य हो । तर संघीयतालाई संघर्षद्वारा स्थापित गर्ने कामको नेतृत्व उपेन्द्र यादवले नै गरेको हो । संघीय राज्य स्थापनाकै कारण आज प्रदेश र स्थानीय तहमा आफ्नो भाषा प्रयोग गर्ने अधिकार संवैधानिक भएको छ । गाउँ गाउँमा धेरै बजेट गएको छ । अधिकार सम्पन्न स्थानीय तह स्थापना भएको छ ।
पहिलो चरणको चुनावमा एक हप्ता पनि प्रचार प्रसार गर्ने समय नपाउँदा पनि, पहाडको हकमा नयाँ चुनाव चिन्ह लिएर जानु पर्दा पनि अझ चुनावमा भाग लिने कि नलिने आफैभित्र विवादको बिच बिना तयारी आन्दोलन गरि रहेको पार्टीले एक्कासी चुनावमा जांदा समस्या उत्पन्न भएको थियो । अब दोस्रो चरणमा त झण्डै दुई महिना समय छ, अव पार्टीभित्र भाग लिने नलिने विवाद पनि व्यवस्थापन भइ सकेको छ । पहिलो चरणमा नयाँशक्तिसँग मात्र गठबन्धन गरिएकोमा अहिले कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरमसँग समेत तालमेलको नीति बनेको छ । त्यसैले अवको निर्वाचनमा ससफो, नेपालको पक्षमा राम्रो परिणाम आउने निश्चित छ ।
छोटो अवधिमा हिमाल, पहाड र तराई सबै ठाउँमा बैकल्पीक राजनीतिक शक्तिको रुपमा उदीयमान ससफो, नेपालले बैचारिक क्षेत्रमा पनि ‘संघीय समाजवाद’ (Federal Socialism)लाई नेपाली समाज परिवर्तनको नयाँ विचारधाराको रुपमा अगाडी सारेको छ । त्यसैले अब उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, युवराज कार्की लगायतका नेताहरुको टीम रहेको ससफो, नेपाललाई राष्ट्रिय विकल्पको रुपमा किन स्थापित नगर्ने ? सबैले चिन्तन मनन गरौँ ।

Necip Nepal ko facebook baat

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *