Loading...
एमाले अध्यक्ष फोरममा प्रवेश, एमालेलाई लाग्यो ठुलो झड्का, केपी ओली टेन्सनमा

नेकपा एमाले कपिलवस्तुका भिल्मीका अध्यक्ष सहित दुई सय भन्दा बढी नेता तथा कार्यकर्ताहरुमा संघीय समाजवादी फोरममा प्रवेश गरेका छन । चुनावको समयमा एमाले नेता कार्यकर्ता फोरममा प्रवेश गर्नुभनेको एमालेलाई ठुलो घाटा लागेको छ । कपिलवस्तुको कृष्णनगर शाह भवनमा अयोजित एक कार्यक्रममा दुई सय भन्दा बढी एमाले कार्यकर्ता फोरममा प्रवेश गरेका हुन । नेकपा एमाले सविक भिल्मी गाविसका अध्यक्ष अब्दुल गफ्फार खाँले एमालेको निति गलत भएकोले आफुहरु पाटी परित्याग गरेको बताउनु भयो ।

एमालेले मधेशी, मुस्लीम, थारु, जानजातीको हकअधिकारका लागि राम्रो काम नगरेको भन्दै आफुहरु एमालेको सिद्धान्तबाट अलग भई फोरमा प्रवेश गरेको एमाले क्षेत्रीय सचिवालय सदस्य तथा लोकतन्त्रीक मधेशी सगठन क्षेत्रीय अध्यय शिवपुजन यादवले बताउनु भयो । त्यस्तै नेकपा एमाले क्षेत्र नं ५ क्षेत्रीय सदस्य मेवालाल गुप्ता, कपिलवस्तु चन्द्रौटाका विष्णु गुप्ता, जितेन्द्र मोर्या मनिराम यादव नेताहरु फोरममा प्रवेश गरेका हुन । कार्यक्रममा एमाले नेता त्रिवेणी हरिजान, सिताराम पासी, राज कुमारयादव, चिन्कु यादव, राम पुरन यादव, दिपेन्द्र प्रासद मिश्रा लगायत एमाले सगठन छोडेर फोरममा प्रवेश गरेका हुन । सो पाटी प्रवेश कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका उपमहासचिव तथा सांसद अभिषेक प्रताप शाह, केन्द्रीय सदस्य सहजराम यादव, मोहम्मद रसिद खा, पुर्व जिल्ला अध्यक्ष सतिश चन्द्र गुप्ता, युवा नेता राजत प्रताप शाह, शिवरान नगर अध्यक्ष कृष्ण कुमार चौधरी, लगायत नेता तथा कार्यकर्ताहरुको सहभगीता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *