Loading...
गौरका पूर्वमेयर गौरीशंकर फोरम नेपालको मेयर उम्मेदबार

रौतहट २१, जेष्ठ । संघीय समाजवादी फोरमनेपाल रौतहटले पूर्वमेयर गौरी शंकर प्रसाद यादवलाई गौर नगरपालिकाको मेयरको उम्मेदबार चयन गरेको छ । यसअघि २०५४ सालको स्थानीय चुनावमा गौरी शंकरयादवले स्वतन्त्र उम्मेदबारी दिएर गौर नगरपालिकाको मेयर पदमा भारी मतले विजयी भएका थिए ।

संघीय समाजवादी फोरम नेपाल रौतहटले जिल्लाका चर्चित नेता गौरी शंकरलाई मेयरको उम्मेदबार बनाउने निर्णय गरेको छ । दुई साताअघि हजारौं कार्यकर्तासँगै गौरी शंकर यादवले फोरम नेपालमा प्रवेश गरेका थिए ।गौर नगरपालिकामा फोरम नेपालको तर्फबाट गौरी शंकरको उम्मेदबारीले कांग्रेस, एमाले र माओवादी लगायत अन्य दलको जित्ने सम्भावना अत्यन्तै न्यून बनेको छ ।

स्वच्छ, इमान्दार र सामाजिक अभियन्ताको छवि बनाएर जिल्लामा चर्चित बनेका गौरी शंकरले गौर नगरपालिकाको सम्बृद्धि, विकास र स्थायित्व आफ्नो पहिलो प्राथमिकता रहेको प्रतिक्रिया दिएका छन् ।

यसैगरी, फोरम नेपाल रौतहटले गौर नगरपालिकाको उपमेयरका लागि अन्सु सिंहलाई चयन गरेको छ । रौतहटका पूर्वनिर्वाचित सांसद बबन सिंहकी पत्नी अन्सु सिंहको उम्मेदबारीले गौर नगरको उपमेयर पनि सुरक्षित भएको फोम नेपालले विश्वास व्यक्त गरेको छ ।तीन वटा र नगर र १३ वटा गाउँपालिका रहेको गौरमा फोरम नेपालले बाकी अन्य ठाउँको उम्मेदबार तय गर्न अझै बाकी छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *