Loading...
एमाले नेतृलाई फोरम नेपालले बनायो गाउँपालिका उपप्रमुख

उपलब्धि रक्षाका लागि चुनावलाई सदुपयोगगरेका हौं– उपेन्द्र यादव ।भैरहवा २१, जेष्ठ । संघीय समाजवादी फोरम नेपाल रुपन्देहीले सियारी गाउँपालिकाको उपप्रमुखमा सुशिला चौधरीलाई चयन गरेको छ ।

स्थानीय तहमा प्रभावशाली मानिने नेतृ चौधरीले शनिबारमात्रै एमाले परित्याग गरि फोरम नेपालमा प्रवेश गरेकी थिइन् । फोरम नेपाल रुपन्देही क्षेत्र नं. २ ले भैरहवामा आयोजना गरेको कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चौधरीलाई पार्टी प्रवेश गराउँदै गाउँपालिका उपप्रमुख पदका लागि बधाई तथा शुभकामना दिएका छन् ।

नवप्रवेशी सुशिला चौधरीको नेतृत्वमा एमालेका सयौंको संख्यामा सक्रिय कार्यकर्ताहरु फोरम नेपाल प्रवेश गरेकाछन् । फोरम नेपालले शहीद परिवार, मधेशी, जनजाति, थारु, दलित, महिला र उत्पीडित समुदायका व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर उम्मेदबार चयन प्रक्रियामा जुटेको रुपन्देहीका सहइन्चार्ज रामू यादवले बताए ।

यसैगरि, सोही कार्यक्रममा भैरहवाका व्यापारी अर्जुन जायसवालको नेतृत्वमा दुई जना व्यापारी एवं स्थानीय जनता प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई स्वागत गर्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धीलाई रक्षा गर्न आफ्नो पार्टीले चुनावमा भाग लिने निर्णय गरेको प्रष्ट पारेका छन् ।

उनले अब पार्टीले उपलब्धीको रक्षा, आर्थिक विकास र बाँकी उपलब्धी प्राप्त गर्न संघर्ष गर्ने जस्ता जिम्मेवारी काँधमा बोकेर हिड्न सबैलाई निर्देशन दिए । यादवले संविधानले गाउँ, नगरमा धेरै अधिकारहरु हस्तान्तरण गरेकाले निर्वाचनमा नगए त्यो अधिकार गुम्ने खतरा भएको हुँदा त्यसलाई संरक्षण गर्न पार्टीले संघर्ष सँगसँगै निर्वाचनलाई रोजेको बताए ।

मधेशको मागबाट आफूहरु पछिनहटेको बताउँदै निर्वाचन पछि तराईका २२ जिल्लामा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गरे । मधेसी थारु, आदिवासी, जनजाति, मुस्लिम समुदयाका माग पूरा नभएसम्म संघर्षबाट पछि नहट्ने यादवको भनाई छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *