
बिश्णु घिमिरे, काठमाडौँ । नेपाल पूर्वप्रहरी संगठनको हालै भएको ऐतिहासिक निर्वाचनपश्चात्अध्यक्ष हुनुभएका वसन्तराज कुँवरले वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षहरूको कार्यविभाजन गर्नुभएको छ । सो कार्य विभाजनलाई कार्यसमितिले समेत अनुमोदन गरेको छ । कार्यविभाजनअनुसार वरिष्ठ उपाध्यक्ष रूपसागर मोक्तानको जिम्मेवारीमा संगठनको कार्यालय र नेपालका सम्पूर्ण पूर्वप्रहरी संगठनका कार्यालयहरूलाई सुचारुढंगले सञ्चालन गर्ने रहेको छ । उहाँले साधारणसभा, विशेष साधारणसभालगायत संघको सम्पत्ति रक्षा तथा मनोनित सदस्यहरूको नियुक्तिजस्ता कार्यको जिम्मेवारी पाउनुभएको छ । अर्का वरिष्ठ उपाध्यक्ष कल्याणकुमार तिम्सिनाले प्रहरी प्रधान कार्यालयसँग समन्वय गर्ने र प्रहरीबाट हुनसक्ने फाइदाहरू पूर्वप्रहरीहरूलाई दिलाउने जिम्मेवारी पाउनुभएको छ ।
यस जिम्मेवारीलाई महत्वपूर्णरूपमालिइएको छ । अर्का वरिष्ठ उपाध्यक्ष विनोद सिंहको जिम्मेवारीमा संगठन विभाग परेको छ । उनको जिम्मामा हाल भएका संगठनहरूलाई सक्रिय बनाउने, नयाँ नयाँ इकाईहरू थप गर्ने, सदस्य संख्या बढाउने, संगठनका मातहतका कार्यालयहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रियक्षेत्रबाट सहयोग जुटाई विभिन्न सामाजिक कार्यहरूमा संलग्न गराउने जिम्मेवारी परेको छ । यस जिम्मेवारीलाई पनि महत्वपूर्ण जिम्मेवारीका रूपमा लिइएको छ ।
साथै अर्का वरिष्ठ उपाध्यक्ष चूडादेव सिंह लामाको जिम्मेवारीमा सरकारसँग समन्वय गर्ने जिम्मेवारी परेको छ । लामाले सरकारका विभिन्ननिकायसँग समन्वय गरी पूर्वप्रहरीहरूलाई फाइदा दिलाउने कार्य गर्नुहुनेछ । यसबाहेक उपाध्यक्ष वीरशरण थापाले अस्पताल एवम् स्कुलका कल्याणकारी सम्बन्धी कार्यहरूको समन्वय गर्ने जिम्मेवारी पाएका छन् भने अर्का उपाध्यक्ष पूर्णसिंह खड्काले योजना तर्जुमा अलावा प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
निकट भविष्यमा संगठनका अध्यक्ष वसन्तराज कुँवर एसिया, अष्ट्रेलिया, न्युजिल्याण्डकोनार्कोनन् प्रमुख भई अष्ट्रेलियाको सिड्नीमा नै सरुवा हुन सक्ने भएकोले संगठनमा रहँदा उहाँले गर्दै आउनुभएका सम्पूर्ण जिम्मेवारी केन्द्रीय समितिबाट पास गराएर विकेन्द्रीकरण गरिदिनुभएको छ । साथै प्राप्त जानकारीअनुसार अध्यक्ष वसन्त कुँवरसहितको पूर्वप्रहरी संगठनको टोलीले गतमंगलवार प्रहरी महानिरीक्षक प्रकाश अर्यालसँग भेटी सरोकारका विषयहरू राखेको छ । वरिष्ठ उपाध्यक्ष रूपसागार मोक्तानका अनुसार उक्त भेटघाटमा प्रहरी महानिरीक्षक अर्यालले संगठनले राखेका मागहरूप्रति सकारात्मक रहनुभएको समेत जानकारी दिनुभयो ।
सो भेटघाटमा प्रहरी प्रधान कार्यालयमा कल्याणकारी योजनाका लागि पूर्वप्रहरी संगठनका उच्च संयोजक राखिनुपर्ने र कल्याणकारीकोषकोअल्पकालीन एवम् दीर्घकालीन योजनामा सेनामा जस्तै प्रहरीमा पनि पूर्वप्रहरीहरूको संगठनको तर्फबाट उच्च पदाधिकारी संलग्न गराइनुपर्ने माग गरिएको थियो । सो प्रस्तावमा आइजिपी अर्यालले सेनाको व्यवस्थापन बुझ्ने र त्यसमा सुधार गर्ने कुराको आश्वासन प्रतिनिधिमण्डललाई दिनुभएको थियो ।
Facebook Comments