Loading...
गैर आवासिय नेपाली संघ (NRNA)मलेसियाले विभिन्न नेपाली जातीय संघ संस्थाहरु तथा निकायहरुसंग सहकार्य गर्ने
आर एन चौधरी थारु,,
जेठ्/२१/आइतबार/मलेसिया:=गैर आवासिय नेपाली संघ (NRNA)मलेसियाले बिगतमा झै अगामी दिनमा पनि मलेसियामा रहेका विभिन्न नेपाली जातीय संघ संस्थाहरु तथा निकायहरुसंग सहकार्य गर्दै अगाडि बढ्ने भएको छ।
यहि जुन ३ तारिख शनिबारको दिन अध्यक्ष विश्व राईको अध्यक्षतामा बसेको बैठकले प्रेस बिज्ञप्ति जारी गरि आगामी १५ अगष्ट ५ बजे सम्म नयाँ सदस्यता लिन तथा सदस्यता नबिकरण गर्नको लागी समय अबधि तोकिएको छ भने सदस्यता शुल्क आर एम १०० लिने निर्णय गरेको सोही बैठकमा उपस्थित एन आर एन मलेसियाका महा सचिब सुन्दर आलेले जानकारी गराउनु भयो।
साथै बैठकले एनआरएनए संघको पाचौं अधिबेशन आउदो अगष्ट महिनाको २७ तारिखको दिन गर्ने त्यसै गरि २५६१ औ बुद्ध जयन्ति भब्यताको साथ सम्पन्न भएकोमा सम्पुर्ण सहयोगदाता तथा विभिन्न जातिय संघ संस्थाको प्रतीनिधि,नेपालीहरुमा आभार ब्यक्त गर्दै एनआरएनए मलेसियाको तर्फबाट आर एम १२८० सहयोग गर्ने र यस् अघि मलेसियामा खडा गरिएको (एनआरएनए मलेसिया कल्याणकारी )कोष तथा नेपालमा निर्माणाधिन भवनलाई आर्थिक सहयोगको बाचा गर्नु हुने सबैलाई यथासिघ्र रकम जम्मा गरि दिन हुनको लागी पनि संघका अध्यक्ष विश्व राईले हार्दिक अनुरोध समेत गरेको छ।
यसका साथ साथै पाँचौं एसिया प्यासिफिक भेलालाई भव्यताको साथ सम्पन्न गर्न सहयोग गर्नु हुने नेपाल सरकार, नेपाली दुतावास मलेसिया,संघसंस्था, पत्रकार, कलाकार सहयोगदाता, व्यवसायीहरु एंव विभिन्न देशबाट आउँनु भएका एनआरएनएका प्रतिनिधीहरुमा संघ महा सचिब सुन्दर आले र अध्यक्ष राईले संयुक्त रुपमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछ भनेर तलको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *