Loading...
भरतपुर प्रकरणमा सर्बोच्चको फैसला : निर्बाचन आयोगको निर्णय उल्टिने पुर्वानुमान

काठमाडौं, जेष्ठ २२ । भरतपुरमा पुन मतदान गर्ने निर्बाचन आयोगको निर्णयका बिरुद्ध सर्बाेच्चमा दायर रिटको आज फैसला हुदैछ । सबैले पुर्वअनुमान गरेका छन पक्कै पनि पुन मतदान गर्ने आयोगको फैसलालाई सर्बोेच्चले उल्टाइदिनेछन । सर्बोच्चले बिगतमा गरेका निर्णय पुर्वाग्रही भएकैले यस्तो अनुमान आएको हो ।

प्रधानन्यायधीश शुशिला कार्कीले खुलेआम सञ्चारमाध्ययम मार्फत सरकारको आलोचना पश्चात सर्बाेच्चले भरतपुरमा पुन मतदान गर्ने निर्बाचन आयोगको निर्णयलाई उल्टाउने निश्चित छ । रिट दायरकर्ता र प्रमुख प्रतिपक्षीले प्रधानमन्त्रीको निर्बाचन समेत अबरुद्ध हुने गरी संसदको अबरोध खुलाउने बिषयमा पछिल्लो पटक गरेको शिर्ष नेताहरुको बैठकको निर्णयले पनि त्यतैतिर इसारा गरेको छ ।

नेकपा एमालेले आजको सर्बाेच्चको फैसलालाई हेरेर आगामी रणनिति तय गर्ने गरी हिजो प्रमुख दलहरु बीच भोली सम्मका लागि संसद स्थगित गरेको छ । आजको फैसलाको पुर्वानुमान पहिल्यै लगाइएकोले भरतपुरमा मतदान होइन मतगणना नै हुने कतिपयको अनुमान रहेको छ । आज सर्बोच्चले पुन मतदानको फैसला गरे बिपक्षी दल एमालेले संसदको अबरोधलाई कायम राख्ने हो वा होइन त्यो हेर्न बाँकी छ ।

स्मरण रहोस, एमालेले संसद अबरोध भरतपुर प्रकरण भन्दा पनि फरक बिषयमा गर्दे आएको थियो । उसले सरकारले पछिल्लो पटक थपिएका स्थानीय तहको बिरोधमा संसद अबरोध गर्दे आएकोमा भरतपुर प्रकरण पछि थपिएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *