Loading...
राजपाका ३ अध्यक्ष चुनाबका पक्षमा तीन बहिष्कारका पक्षमा, चरम बिबाद्, फुटको नजिक

२२ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीमा दोस्रो चरणको निर्वाचनमा सहभागिताबारे विवाद भएको छ । राजपाभित्र राजेन्द्र महतो र राजकिशोर यादवले निर्वाचनमा जान नहुने तथा मेहन्द्र राय यादव र शरतसिंह भण्डारीले निर्वाचनमा जानुपर्ने बताएपछि विवाद सुरु भएको हो। नेताहरु महन्थ ठाकुर र अनिल झा निर्वाचनमा जाने नजाने विषयमा खुलेका छैनन् ।

राजेन्द्र महतो र राजकिशोर यादव कुनैपनि हालतमा चुनावमा जान नहुने पक्षमा अडान लिएको स्रोत जनाएको छ । महतो र यादवको अडान कायम रहे राजपा फुट्न सक्ने नेताहरु नै बताउछन् ।राजपाभित्र अहिले निर्वाचनमा सहभगी हुने मत बलियो छ । विजय गच्छदार र उपेन्द्र यादव निर्वाचनको तयारीमा लागेपछि राजपा दबाबमा परेको छ ।

स्थानीय तहमा आफ्ना प्रतिनिधि नहुँदा प्रदेश र संघीय निर्वाचनको आधार समाप्त हुने चिन्ता नेताहरुमा छ । मधेसमा २६ सय वडाध्यक्ष निर्वा्चित हुँदैछन् । र, १० हजार ४ सय वडा सदस्य हुनेछन् । निर्वाचनमा नजाँदा प्रतिनिधिको ठूलो संख्या पार्टीले गुमाउने डर राजपामा छ ।नयाँ पत्रिका दैनिकमा खबर छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *