Loading...
प्रचण्ड सरकार र देउवा सरकारको उदेश्य एउटै : मणि थापा

काठमाडौं, जेष्ठ २३ । नेकपा माओबादी केन्द्रका हेडक्वाटर सदस्य मणि थापाले प्रचण्ड सरकार र देउवा सरकारको उदेश्य एउटै भएको दाबी गरेका छन । थापाले आज निर्बाचित हुने प्रधानमन्त्री देउवा सरकारले पनि असन्तुष्ट पक्षलाई समेटदै संबिधान कार्यन्वयन गर्ने भएकोले प्रचण्ड सरकार र देउवा सरकारमा खासै मतभिन्नता नरहेको जिकिर गरेका छन ।

थापाले प्रचण्ड सरकार मधेसी, जनजाती लगायत उत्पीडित समुदायलाई मुल धारमा ल्याई संबिधान कार्यन्वयन गर्ने एजेण्डा सहित गठन भएको र नेपाली कांग्रेससँग सोही एजेण्डाको आधारमा सहकार्य भईरहेको स्मरण गरेका छन । थापाले संबिधान कार्यन्वयनमा चुनौती भए पनि देउवाले सो चुनौतीको सहजै समाधान गर्ने बताएका छन ।

उनले प्रतिपक्षी एमालेको भुमिकामा प्रश्न उठाउँदै प्रचण्ड सरकारलाई जस्तो ब्यबहार प्रतिपक्षीले देउवा सरकारलाई देखाए राजनीतिक माहौल बिग्रन सक्ने आशंका ब्यक्त गरेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *