Loading...
फोरम नेपाल कै लाइनमा राजपा, कांग्रेसको पक्षमा मतदान गर्ने राजपाको निर्णय देखेर कार्यकर्ता छक्क

काठमाडौं २३, जेष्ठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई अवरोध गर्ने र प्रधानमन्त्री पदको निर्वाचनमा भाग नलिने भन्दै आएको राष्ट्रिय जनता पार्टी (राजपा) आखिर उपेन्द्र यादवकै लाइनमा उभिएको छ । स्थानीय निर्वाचन विरुद्ध आन्दोलनमा रहेको राजपाले यसरी आफ्नै बोली फेर्दै कांग्रेसको पक्षमा मतदान गर्ने राजपाको निर्णय देखेर उसकै कार्यकर्ता समेत छक्क परेका छन् ।
अरुभन्दा क्रान्तिकारी देखिन जनतासामू चर्को भाषणबाजी गर्ने राजपाले एकपछि अर्को गर्दै उपेन्द्र यादवको हरेक निर्णयलाई उछ्याउँदै गएको छ । मंगलबार कांग्रेस, माओवादी र फोरम नेपालबीच भएको तीन बुँदे सहमति यसको पछिल्लो उदाहरण बनेको छ । संविधान संशोधनसहित मधेशसँग भएको विगतका सबै सहमति कार्यान्वय गर्ने प्रतिबद्धता सहित उपेन्द्र यादवले देउवा र प्रचण्डसँग सहमति गरेपछि राजपाले पनि त्यही सहमति पछ्याउन बाध्य भएको छ ।
संधिवान संशोधन नभएसम्म कुनै पनि चुनावमा भाग लिने सार्वजनिक रुपमै उदघोष गरेको राजपाले संविधान संशोधन नहुँदै प्रधानमन्त्री निर्वाचनमा भाग लिएर आफै निर्णय विरुद्ध गएको टिप्पणी गरिँदैछ । प्रतिकूल परिस्थितिमा स्थानीय तहको चुनावलाई सदुपयोग गरेर गर्नु पर्ने भन्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावमा जाने निर्णय गरेपछि राजपाले त्यसको चर्को विरोध गर्दै जनता भड्काउन व्यस्त छ ।
तर, उपेन्द्र यादवकै लाइनमा उभिएर प्रधानमन्त्री निर्वाचनमा भाग लिएको राजपाले आफ्नै नेता कार्यकर्तालाई के जवाफ दिने हो चासोको विषय बनेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *