Loading...
कांग्रेस,माओवादी र फोरम नेपालबीच ३ बुँदे सहमति, पहिलो बुंदा मै संबिधान संशोधनको लागि दबाब, (पत्र सहित)

काठमाडौं, २३ जेठ । नेपालीकांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच भर्खरै तीनबुँदे सहमति भएको छ । सहमितअनुसार आज हुनलागेको प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा मतदान गरिनेछ । नयाँबन्ने देउवा नेतृत्वको सरकारले संविधान संशोधनकार्य प्राथमिकताका साथ कार्यान्वयन गर्नेछन् ।
स्थानीय तहको संख्यापनि राजनीतिक सहमतिको आधारमा बढाइनेछ । सहमतिपत्रमा देउवा, प्रचण्ड र उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् । कांग्रेस,माओवादी र फोरम नेपालबीच ३ बुँदे सहमति भएको पहिलो बुंदा मै संबिधान संशोधनको लागि दबाब दिने गरि प्रचण्ड सरकारसंग भएको समझौता कार्यन्वयन गर्ने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *