Loading...
केपी ओलीलाइ देउवाले दिए कडा जवाफ, ओलीको सातो गएपछि ओली अक्क न बक्क,चुप चाप बस

काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान अनुसार नै निर्वाचन आयोग बनाएकाले भरतपुर घटनाका विषयमा आयोगको निर्णय काँग्रेसले मानेको बताएका छन् । संसदको मंगलबारको बैठकमा बोल्दै देउवाले निर्वाचनको निर्णयका विरुद्ध अदालतमा जान पाइने बताए । देउवाले मतपत्र च्यातिएका विषयमा आयोगको निर्णयलाई लिएर अदालतमा रिट परेकाले सो विषयमा आफू धेरै बोल्न नचाहेको बताए ।

एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस र माओवादी केन्द्रलाई विभिन्न विषयमा प्रहार गरेपछि देउवाले त्यसको जवाफ दिएका हुन् । महाभियोग प्रस्ताव फिर्ता लिइसकेको कुरालाई लिएर एमालेले अनावश्यक संसद अबरोध गरेको देउवाले बताए । महाभियोग प्रस्तावका विषयमा देउवाले भने, ‘महाभियोग प्रस्ताव पहिला नै फिर्ता भएको थियो । फिर्ता लिइसकेका कुरामा एमालेले अडान लिएको हो  ।’ प्रधानन्यायाधीशको पेन्सनपट्टको विषय प्रशासनिक विषय रहेको भन्दै सो विषयलाई संसदमा उठाउन आवश्यक नरहेको उनले बताए ।

उनले विभुषण वितरणको विषयमा एमालेले अनावश्यक विवाद उठाएको बताए । देउवाले भने, ‘विभुषण वितरणको संयोजक विजय गच्छदारजी हुनुहुन्थ्यो । उहाँले नै सिफारिस गर्नुभएको हो ।’

सभापति देउवाले सप्तरीमा एमालेका नेता तथा कार्यकर्ताको सुरक्षा गर्दा सुरक्षाकर्मीले गोली चलाएको बताए । उनले भने, ‘केपी ओलीजीले गोली चलाएको भनेर सुरक्षा निकायलाई आरोप लगाउनु पाइदैन । उहाँहरूको सुरक्षा गर्ने सुरक्षाकर्मीहरूलाई दोषी भन्न पाइँदैन ।’

राष्ट्रियताका विषयमा नेपाली कांग्रेसलाई पाठ सिकाउन आवश्यक नरहेको देउवाले बताए । ‘एमालेले हामीलाई राष्ट्रियताको पाठ सिकाउनु पर्दैन’, उनले भने, ‘राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कांग्रेसको मूल मान्यता हो । राष्ट्रियता र प्रजातन्त्रका विषयमा हामी सम्झौता गर्न सक्दैनौँ । राष्ट्रियता र प्रजातन्त्र हाम्रो आदर्श हो ।’ सभापति देउवाले स्थानीय तहको दोस्रो चरणको चुनाव गर्न बाँकी रहेको भन्दै संविधानअनुसार सबै चुनाव तोकिएको समयमा हुने बताए । उनले भने, ‘तीन वटा निर्वाचन अति आवशयक छ । हामीले संविधान बनयौँ । त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधान कार्यान्वयनमा सफल भएको भन्दै प्रसंशा गरेको सभापति देउवाले भने, ‘प्रचण्डजीलाई सफल कार्यकालको बधाइ दिन चाहन्छु ।’

nepalpana

Leave a Reply

Your email address will not be published. Required fields are marked *