Loading...
जुद्ध उच्च मा.वि.का छात्र/छात्राद्वारा कम्प्युटर कक्षामा अनिचितकालिन तालबन्दी
नरेन्द्र साह । जेष्ठ २४ गते । रौतहट । रौतहटजिल्लाको सदरमुकाम गौरमा अवस्तिथ रहेको श्री जुद्ध उच्च बिद्यालयमा प्राबिधिक शिक्षा अन्तर्गत चलिरहेको श्री जुद्ध प्राबिधिक शिक्षालयका बिद्यार्थीहरु द्वारा अनिचित कालिन प्राबिधिक शिक्षा कक्षा बन्द गरेको छ ।
रौतहट जिल्लाकै सबैभन्दा ठूलो र पुराना बिद्यालय को रुपमा रहेको श्री जुद्ध उच्च माध्यमिक विद्यालयकाबिद्यार्थीहरुले पटक पटक प्रधानध्यापकलाई बिद्यार्थीहरुलाई बाहिर घुमाउनको लागि लैजान भन्दा पनि प्रधानध्यापकले रुचि नदेखाए पछि कम्प्युटर कक्षा अनिचित कालिन बन्द को आह्वान गरेको छ ।
प्रधानध्यापक संग कुरा गर्दा खेरि लैजान्छु भनेर पनि बिद्यार्थीहरुलाई टुडमा लगेको कारण बिद्यार्थीहरुले बुधवार देखि आइतवार सम्म पनि प्रधानध्यापक बाट केहि जवाफ नआएपछि कम्प्युटर कक्षा अनिचित कालिन बन्द पनि गर्ने कम्प्युटर कक्षाका विद्यार्थी हरिनारायण सहनीले बताउनु भएको छ ।
प्रधानध्यापक संग आज कुरा गर्दा वहाले भन्नु भयो कि यसपाली सरकार वाट कुनै पनि किसिमको बजेट न आएको कारण हामीले कम्प्युटर कक्षाका बिद्यार्थीहरुलाई टुडमा लैजानको लागि अस्विकार गरेपछि बिद्यार्थीहरुले अनिचित कालिन कम्पुटर कक्षा बन्द गरेको छ । रौतहट जिल्लाकै ठूलो बिद्यालय भएर पनि बिधुत कते पछि जुद्ध उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई पढ्नमा अप्ठ्यारो भएको छ । प्रधानध्यापक लाई भन्दा एक हफ्ता देखि भन्दा पनि कुनै दिल्जस्वी देखाएको छैन ।
बुधवार पनि बिधुतको समस्या बारे भन्दा प्रधानध्यापक बैधनाथ साह ले भन्नु भयो कि आजै हामीले बिधुतको समस्यालाई समाधान गर्छौ । बिधुत कटे पछि ४१ वटा बिद्यार्थीहरुको पढाई अन्यौलमा परेको छ । श्री जुद्ध उच्च प्राबिधिक शिक्षा बिद्यालयका बिद्यार्थीहरुले प्रेस बिज्ञंयपति पनि जारि गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *