Loading...
वीरगंज महानगरपालिकाको चौतर्फी विकास गर्ने अंसारीको प्रतिबद्धता
वीरगंज २४ जेठ,
नेशनल मेडिकल कलेजका प्रबन्धक÷निर्देशक, समाजसेवी एवं विकास प्रेमी बसरुदिन अंसारीले पर्साको परवानीपुर–२१ मा स्थानियबासीहरुसंग चुनावी छलफल तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नु भएको छ । चुनावी छलफल कार्यक्रमलाई सम्बोधन गर्नु हुदै वीरगंज महागरपालिकाका मेयरका उम्मेदवार अंसारीले स्थानिय चुनाव भनेको कुनै पार्टीको उम्मेदवारलाई नहेरी स्थानिय स्तरमा विकास प्रेमीहरुलाई आफ्नो अमुल्य मत दिनका लागि आग्रह गर्नु हुदै वीरगंज महानगरलाई नेपालकै नमुना शहर बनाउनेमा प्रतिबद्धता जनाउनु भएको थियो । यस क्षेत्रको गरिबि, असहाय, निमुखाका बालबालिकाहरुको शादी, बिवाहमा आफुले सक्दो सहयोग गर्ने बताउदै उहांले रोटि, कपडा, मकान, स्वास्थ्य, शिक्षा र रोजगारीको पूर्णरुपले व्यवस्था गरिदिने समेत बताउनु भयो । अंसारीले आफु मेयरमा निर्वाचित भए पछि स्थानिय युवाहरुको लागि इन्जोय पार्क, खेलकुदको विकास, उच्चशिक्षा, बृद्धाश्रम, गरिबि न्युनिकरण, रोजगारीको व्यवस्था, नगरको सम्पूर्ण विकासमा आफ्नो पहिलो प्राथमिक्ता रहेको बताउनु भयो । नगरका उद्योगी व्यपारीहरुको लागि मजदुर, कर्मचारी र व्यवसायीहरुको लागि बन्द हडताल मुक्त क्षेत्र बनाउने दाबी गर्नु हुदै अंसारीले विद्यार्थीहरुको लागि पार्क, खेलकुद र अन्तराष्ट्रिय स्तरको सम्पूर्ण शिक्षा यसै नगरीमा व्यवस्था गराई विदेशबाट विद्यार्थी तान्ने खालको शिक्षा दिइने छ भन्नु भयो ।
वीरगंजलाई २४ घण्टा अनवर्त विद्युत परिपुर्ति गर्न सोलार पावरको व्यवस्था, सडकको स्तरोन्नती, सरसफाई, बजार व्यवस्थापनमा समेत ध्यान दिई अगाडि बढने बताउनु भयो । सो अवसरमा सहभागीहरुले आफुहरु खुलैर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको स्थानिय बदी पासवानले जानकारी दिनु भयो ।
यसैगरी वीरगंज महानगरपालिका वडा नं. २४ को सुगौली बिर्तामा पनि मेयरका उम्मेदवार अंसारीले स्थानियबासीहरुसंग चुनावी छलफल तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नु भएको छ । सो अवसरमा शेख जयसुल्ला, पप्पु सिंह, दिलिप साह, कासिम अंसारी, हाकिम अंसारी, शेख नुर आलम, नवसाद मिया, शेराज अहमद लगायतको सहभागीता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *