
बिरगंज ,जेष्ठ २४ //मधेसी बिरोध निर्वाचनको बिरोधमा राष्ट्रीय जनता पार्टीको केन्द्रिय निति अनुसार बिरगंज महानगरपालिका वडा न.३ छपकैयामा अब्दुल कलाम मियाको संयोजकत्वमा ७१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरिएको छ। भेलालाइ सम्बोधन गर्दै उपाध्यक्ष सुरेन्द्र कुर्मिले मधेसको अस्तित्व,स्वभिमान,अधिकार अपहरण गर्ने गरि गर्न लागिएको स्थानीय चुनाव बहिष्कारको विकल्प नरहे जिकिर गर्दै जन जनमा निर्वाचन बहिस्कार अभियान संचालन गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए। वडा न.३ छपकैयामा कमिटीको सह संयोजकमा राधेश्याम सोनि,अनवर हुसेन,जबार मन्सुरी,सचीवमा मुकेस वर्नवाल,कोषाध्यक्ष बरकतुन नेसा,सदस्यहरुमा बैजु स्वर्णकार,समिम हवारी रहेका छन्। पार्टीका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र कुर्मिको प्रमुख आतिथ्य एवं नगर अध्यक्ष ओमप्रकाश सरार्फ,सन्जु छतकुलि,नगर उपाध्यक्ष अनवर हुसेन,लगायतको बिशेश उपस्थिति रहेको थियो।
त्यसैगरी वडा न.५ मा नगर उपाध्यक्ष सुरेश साहको सभापतित्वमा भएको भेलाले ललन सिहको संयोजकत्वमा २५ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरिएको छ,कमिटीको सह-संयोजकमा श्रवण रायमाझी,सचीव मनोज साह,कोषाध्यक्ष शिव शंकर महतो,सदस्यहरुमा अर्चना सिह,बिमला श्रेष्ठ लगायत रहेका छन।भेलामा जिल्लाका नेता प्रदीप सिह ठकुरी,किशोरी गुप्ता लगायतका उपस्थिति रहेको थियो।
त्यसैगरी वडा न.१५ भेडियाहिमा नगर उपाध्यक्ष हृदय नारायण सरार्फको अध्यक्षतामा भएको भेलाले रामग्या कुशवाहाको संयोजकत्वमा ७१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरिएको छ। कमिटीको सह-संयोजकमा हृदय नारायण सोनार,सदस्यहरुमा किशोरी चन्द यादव,रुपलाल साह,लगायत रहेका छन्,भेलामा पार्टीका केन्द्रिय सदस्य अनिरुध सिह,जिल्ला उपाध्यक्ष इस्वर यादव,स्थानीय नेता रमेश यादव लगायत रहेका थिए।
Facebook Comments