
काठमाडौं । नेकपा एमालेभित्रको गुटको राजनीतिले यसपटक उपाध्यक्ष बामदेव गौतमलाई ठूलो घात भएको छ । ललितपुरस्थित बामदेवको घरमा बसेको स्थायी समिति बैठकले प्रधानमन्त्री निर्वाचनमा उनलाई शेरबहादुर देउवासँग भिडाउने निर्णय गरेको थियो ।
स्थायी समितिको निर्णयबाट उत्साहित देखिएका बामदेवलाई त्यति बेला ठेस लाग्यो जति बेला एमालेले प्रधानमन्त्री निर्वाचनमा उम्मेदवार नबनाउने निर्णय ग¥यो । भरतपुर महानगरको घटनालाई लिएर एमालेले संसद अवरोध गरेर प्रधानमन्त्री निर्वाचनलाई बहिष्कारको घोषणा ग¥यो । तर, अन्तिममा एमालेले प्रधानमन्त्री निर्वाचनमा सहभागी भएर देउवाको विपक्षमा मतदान गरेको थियो ।
संवैधानिक अंग निर्वाचन आयोगको निर्णय र कार्यशैलीको विरोध गर्ने नाममा एमालेले भरतपुरको घटनालाई संसदमा छिरायो । यो घटनाले सबैभन्दा ठूलो बेफाइदा एमाले त्यसमा पनि बामदेवलाई भयो । बामदेवले उम्मेदवारी दर्ता गर्न पाएनन् । यति ठूलो खेलका डिजाइन अरु कोही होइनन्, सुवासचन्द्र नेम्वाङ हुन् । पत्रकार र सार्वजनिक कार्यक्रममा आफूलाई संसद अबरोध गर्न नहुने नेताका रुपमा परिचित बनाएका नेम्बाङले बामदेवलाई रोक्नकै लागि भरतपुर घटनालाई संसदमा प्रवेश गराएका थिए ।
प्रधानमन्त्री निर्वाचनमा बामदेव गौतम उम्मेदवार हुँदा हारे पनि अर्को पटक प्रधानमन्त्री बन्ने बाटो खुल्ने थियो । यो कुरा चाल पाएका नेम्वाङले अध्यक्ष केपी ओलीलाई भुलभुलैयामा पारेर बामदेवलाई उम्मेदवारी दिनबाट रोकेरै छाडे । होइन भने एमालेका नेता शंकर पोखरेलले शेरबहादुर देउवालाई निर्विरोध प्रधानमन्त्री बन्न नदिन एमालेका तर्फबाट गौतमले उम्मेदवारी दर्ता गराउने बताएका थिए ।
गौतमले ओली र नेम्वाङको साँठगाँठ चाल पाएपछि अहिले उनी रिसाएका छन् । गौतमले अब ओली क्याम्पलाई लात हान्ने योजना बनाएको स्रोतको भनाई छ । बरु वरिष्ठ नेता माधवकुमार नेपालको पछाडि लागेर जाँदा फाइदा हुन्छ कि भनेर आफू निकटका नेताहरूसँग भन्न थालेका छन् ।
Facebook Comments