Loading...
बिष्फोटक पदार्थ सहित विप्लव माओवादीका कार्यकर्ता रौतहटमा पक्राउ ।

नरेन्द्र साह/ रौतहट/ जेठ २५ ।रौतहट प्रहरीले बुधवार राती ठुलो परिमाणमको बिष्फोटक पदार्थ सहित दुई जनालाई पक्राउ गरेको छ ।

रौतहट उतरी भेग चन्द्रनिगाहपुरको होटेल सुदर्शनबाट प्रहरीले विप्लव माओवादीको २ जना बम बनाउने कार्यक्रर्ता पक्राउ परेको श्रोतको दावी रहेको छ भन्ने हाल सम्म प्रहरीले नाम सार्वजनिक गरेको छैन ।

पक्राउ परेकाहरु संग ३० थान जिलेटिन ,२२ थान डिटोनेटर र चार फिट फ्युज सहित दुई जनालाई बुधबार राती १० बजेपक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए । पक्राउ परेकाहरु माथी आवश्यक अनुसन्धान जारी रहेको र छिटै नाम सार्वजनिक गर्ने प्रहरी प्रमुख पोखरेलले जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *