Loading...
राजपा नेपालद्वारा रौतहट भरी चक्काजाम

 नरेन्द्र साह/जेठ २५/ रौतहट/राजपा रौतहट द्वारा आज जिल्ला को सदरमुकाम गौर देखि चन्द्रपुर नगरपालिका अन्तर्गतको बिरेन्द्र राजमार्गमा पार्टीको केन्द्रीयकार्यालयको पुर्व घोषित कार्यक्रम अनुसार आज दिउँसो १ बजे देखि ३ बजे सम्म चक्काजाम गरिएको जानकारी प्राप्त भएको छ ।

प्राप्त जानकारी अनुसार राजपाका नेता तथा सयकरौ कार्यकर्ताहरू सदरमुकाम गौरको मधेसी क्रान्ति चौक, नयाँ बस पार्क गौर साथै गरुडा बजार,पिपरा बजार र बाल्चनपुर चौक समेतमा चक्काजाम गरेका थिए । संबिधान संशोधन तथा स्थानीय निकायको चुनाव को बिरोधमा टायर बाली चर्को नाराबाजी गर्दै सरकारको बिरोध गरेको थियो । राजपा रौतहट सम्पुर्ण कार्यकर्ता सहभागिता जनाएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *