Loading...
जनयुद्धको बेलामा हजारौको ज्यान लिने प्रचण्ड यस कारण राजनेता हुन !

काठमाडौं, २५ जेठ । १० महिनापछि सत्ताबाट विश्राम लिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकाल अहिले चर्चामा छ । पहिलो त उनले कांग्रेससँग भएको सहमतिअनुसार पदबाट राजीनामा दिएर नेपाली राजनीतिमा नैतिकताको पाठ सिकाए । उनले तत्कालिन अवस्थामा सुशील कोइराला र त्यसपछि केपी ओलीजस्तो सत्ताका लागि आफ्नो वाचा तोडेनन् । राजीनामा दिएर नैतिकता देखाए । उनको राजीनामापछि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको कार्यभार सम्हालिसकेका छन् ।

दोस्रो कुरा उनको कार्यकालमा थुप्रै सुधारका काम भए । उनले आफूभन्दा अघिका प्रधानमन्त्री केपी ओलीजस्तो हावादारी गफ चुटेर कार्यकाल विताएनन् बल्की काम गरेरै देखाएदिए । जस्तोकी उनको कार्यकालमा इतिहासमै पहिलोपटक लोडसेडिङ अन्त्य भयो । यतिमात्रै होइन् नेपालीले तिहार झिलिमिली वत्ती बालेर मनाउन पाए । तिहारमा २४ सै घण्टा लोडसेडिङ नभएपछि काठमाडौंवासी चकित परेका थिए । त्यस्तै, विकास निर्माणका काममा तीव्रता, स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रचण्डका ऐतिहासिक काम हुन् । २० वर्षसम्म हुननसकेको निर्वाचन मधेसका केही शक्तिलाई समेटेर प्रचण्डले शान्तिपूर्ण रुपमा निर्वाचन गराए । उनले आफ्नो पार्टीभन्दा माथि उठेर निर्वाचन सफल पारे । यो उनको ठूलो सफलता हो ।

त्यस्तै, भारतसँग लम्पसार परेको आरोपलाई चिर्दै प्रचण्डले चीनसँग पनि समान सम्बन्ध राखे । आफ्नो सत्ता बहिर्गमनको उत्तररार्धमा उनले चीनको बहुआयामिक परियोजना वान रोड वान बेल्टमा हस्ताक्षर गरेर सम्बन्ध सन्तुलित बनाए । भारतपरस्तको आरोपलाई प्रचण्डको यो कामले निराधार ठहर गरिदियो ।

भन्न त एमाले अध्यक्ष ओलीलाई राजनेता भन्ने गरिन्छ । तर, उनले नै भारतसँग राष्ट्रघाति महाकाली सन्धी गराउन खेलेको भुमिकालाई विर्सेका छैनन् जनताले । तर, प्रचण्डले भारतसँग त्यस्तो कुनै राष्ट्रहित विपरितको सम्झौता गरेका छैनन् । त्यसकारण कामको हिसाबमा मुल्यांकन गर्ने हो भने प्रचण्ड नै राजनेता हुन् भन्नेमा दुई मत छैन् ।

nepalpana

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *