Loading...
रौतहटको सदरमुकाम गौरको मेयरको बन्ला ? गर्मीसँगै सदरमुकाम गौरमा चुनावी सरगर्मी पनि बढ्दैं ।

नरेन्द्र साह/रौतहट/जेष्ठ २६ गते / रौतहटमा ठप्प नगरपालिकाको संख्या बढे पछि दोस्रो चरणको स्थानीय तह निर्वाचन तयारीमा जुटिसकेका गौर नगरपालिकामा दलहरूलाई उम्मेदवार छान्न केहि दलमात्र बाकि रहेको छ । सबैले आआफ्नो पक्षमा नेतृत्वलाई दबाब दिइरहेका छन् ।

‘कसले जित्ला मेयरमा भन्ने कुरा उम्मेदवारमा भर पर्छ । उम्मेदवार चयनमा पर्ख हेरको मनिस्थितिमा रहेका दलहरूलाई, आंकाक्षीहरूको दबावले पनि निर्णय गर्न समस्या पारेको छ।’ गर्मीसँगै गौरमा चुनावी सरगर्मी पनि बढेको छ । पछिल्लो मधेस आन्दोलनको केन्द्र बनेको गौरमा स्थानीय तहको चुनाव लागिसकेको छ ।

दलहरू उम्मेदवार घोषणाको अन्तिम तयारीमा रहेको बेला मतदाताले समेत यस चुनावमा आफ्नो चासो बढाएका छन्। आकांक्षीहरूको संख्या बढी भएकाले दलहरूले उम्मेदवारको नाम घोषणामा ढिलाइ गर्दा चुनाव केन्द्रित औपचारिक कार्यक्रमहरू भने भएका छैनन ्। सम्भावित उम्मेदवारहरूले गौरमा मधेसी–यादव, सिंह मुस्लिमलगायत जातीय समीकरण मिलाउने प्रयास पनि सुरु गरिसकेका छन् ।

यसबाहेक कुर्मी, साह कानुलगायतको जातीय भोटबैंकलाई आकर्षित गर्ने खालको प्यानल निर्माणको कसरतमा पनि दलहरू छन्। भारतको बिहार प्रान्तको केहि ठाउ संग सीमा जोडिएको गौरमा पारीको जातीय राजनीतिको छाया पर्ने आकलन गर्ने पनि धेरै छन् । एमाले जिल्ला तहबाट मेयरको उम्मेदवारका लागि सिफारिसमध्ये शम्भु साहले भोट माग्दै घरदैलो थालिसकेका छन्।

‘यहाँबाट नेता र पुर्व गौर नपाको मेयरमा संघीय समाजवादी फोरम नेपाल को तर्फ वाट गौरीशंकर यादव स्वतन्त्र बात अर्चना यादव र एमालेको तर्फ वाट शम्भु साह को नाम मेयर उम्मेदवारका लागि सिफारिस भएको छ,’ दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत मओवादीबाट उम्मेदवारि दर्ता हुन् बाकि रहेको छ । ‘ जिल्लामा केहि दलबाट उम्मेदवारको टुंगो लाग्न बाकि रहेको छ ।

दोस्रो चरणको स्थानीय चुनाव नजिक भएको कारण रौतहटको जानताहरुमा निकै उत्साह देखिएको छ । गौर नपाको उपमेयरमा संघीय समाजवादी फोरमको तर्फ वाट रौतहट क्षेत्र नम्बर १ को पूर्व सभासद बबन सिंहको पत्नी अंशु सिंहको उम्मेदवारि तय भएको छ । मेयरको उम्मेदवारीमा पूर्व मेयर गौरीशंकर यादव को चर्चा निकै देखिएको छ ।

कसले जित्ला भनेर जनता काना फुशी पनि हुन् थालेको छ । उम्मेदवारहरुले घरदैलो कार्यक्रममा व्यस्त देखिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *