Loading...
मधेसमा एमालेलाई पहिलो शक्ति बनाउन भारतीय दूतावास राजपालाई चुनाव रोक्न सक्रिय

काठमाडौं । अझैपनि राष्टिय जनता पार्टी (राजपा) नेपालका नेता दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जाने की नजाने भन्ने दोधारमा छन् । यस्तो बेला एउटा नयाँ कुराको खुलासा भएको छ । भारतीय दूतावास स्रोतका अनुसार प्रमुख प्रतिपक्षी नेकपा एमाले र भारतीय राजदूत मञ्जिभसिंह पुरीबीच राजपालाई चुनावमा जानबाट रोक्ने सहमति भएको छ । कांग्रेस माओवादी गठबन्धन सरकारले राजपालाई चुनावमा सहभागी गराउनकै लागि भनेर दुई चरणमा निर्वाचन गर्ने निर्णय गर्यो । त्यतिमात्रै होइन् दुई पटक निर्वाचन मिति समेत सारेका बेला एमाले र दूतावासले यस्तो कुटिल चाल चलेका हुन् । एमालेसँगको सहमतिअनुसार दूतावासले राजपालाई चुनाव जान नदिने वातावरण बनाइरहेको छ । कुनै हालतमा राजपालाई आउट गरेर दोस्रो चरणको चुनाव गराउन भारतीय राजदूत सक्रिय छन् । ६ मधेसी दलका नेतालाई बोलाएर राजदूत पुरीले निर्वाचनमा भाग लिन नपाउनेगरी सुझाव र आग्रह गर्ने गरेका छन् । जसलाई राजपाका नेताले नकार्न सकेका छैनन् । आफ्नो समर्थक तथा शुभेच्छक भएकाले दूतावासको सुझावलाई मधेसी नेताहरुले शिरोधार्य गरिरहेका छन् । तर, उनीहरुलाई थाहा छैन् कि यो सबै एमालेको डिजाइनमा भइरहेको छ ।

एमाले र दूतावासबीच किन भयो यस्तो सहमति ?

चौथो पटक परिवर्तन भएर तोकिएको असार १४ को दोस्रो चरणको निर्वाचन मिति नजिकिदै गर्दा राजपाले पुनः निर्वाचनमा भाग नलिने संकेत देखाइरहेको छ । यो सबै एमाले र दूतावासको योजना अनुरुप भइरहेको छ । आखिर एमाले अध्यक्ष केपी ओली र भारतीय राजदूतबीच राजपालाई चुनावमा सहभागी हुने नदिने सहमति कसरी र किन भयो भन्ने प्रश्न यहाँनेर आउछ । स्रोतलाई मान्ने हो भने बाहिर बाहिर राष्टवादी देखिएको एमालेको भारतसँग साँठगाँठ देखिन्छ । मधेसका एमालेलाई पहिलो शक्ति बनाउन भारतीय दूतावास राजपालाई चुनाव रोक्न सक्रिय भएका हुन् । यहाँ फेरि एमालेलाई पहिलो किन बनाउँदैछ भारत भन्ने प्रश्न पनि उठ्ला । यसको जवाफ भनेको नेपालमा हिन्दू राष्ट र संघीयता खारेजी अहिले भारतको मुख्य मिसन हो । यसलाई पुरा गर्ने वाचा एमालेले गरेपछि भारत मधेसमा पहिलो शक्ति बनाउन कस्सिएको छ । उस्तै पनि संघीयता र धर्म निरपेक्षतालाई एमालेले नरुचाएको कुरा नेताहरुको बेला बेलाको अभिव्यक्तिले नै स्पष्ट पारिसकेको छ ।

nepalpana

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *