Loading...
तत्काल संविधान संशोधन संभव नभएको प्रधानमन्त्री देउवाको भनाइ, चुनावपछि  संविधान संशोधन कसैले चाहेर पनि रोक्न नसक्ने देउवाको दाबि

काठमांडौं, २६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको चुनावअघि संविधान संशोधन संभावना सम्भावना नभएको बताउनुभएको छ। चुनाव सकिनासाथ संविधान संशोधन गर्ने देउवाले प्रतिवद्वता व्यक्त गर्नुभयो । साथै देउवाले चुनावमा भाग लिन मधेसकेन्द्रित दललाई आग्रह गर्नुभयो ।

संविधान संशोधन गरेर मधेसीको भावना समेट्न चाएपनि तत्काल संभव नभएको उहाँले बताउनुभयो । तर चाहेर पनि संशोधन गर्न नसकिएपनि चुनावमा भाग लिन आग्रह गर्दछु’ उहाँले भन्नुभयो । देउवाले दोस्रो चरणको चुनावपछि संविधान संशोधन पास गराएरै छाड्ने विश्वास दिलाउनुभयो । सम्पूर्ण नेपालीको राष्ट्रिय हितका लागि दलहरुबीच सहकार्य आवश्यक भएको उहाँको भनाई थियो ।

तराई मधेसमा स्थानीय तहको संख्या बढाउन आफूहरु तयार भएपनि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण अघि बढाउन नसकेको प्रधानमन्त्री देउवाले बताउनुभयो । तीनै तहको चुनाव अहिलेको आवश्यकता र जरुरी भएको भन्दै सरकारको सम्पूर्ण ध्यान चुनावमा केन्द्रित भएको देउवाले बताउनुभयो । चुनावपछि आर्थिक संमृद्वि हासिल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

व्यवस्थापिका संसद बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चुनावपछि जनताको इच्छा अनुसार काम हुने बताउनुभयो । चुनावलाई महत्वपूर्ण पर्वकोरुपमा लिएर समयै तीन तहको चुनाव सम्पन्न गर्र्ने प्रधानमन्त्री देउवाले अठोट लिनुभयो । समावेशी, समानुपातिक ढंगले देश अगाडि बढ्न आवश्यक भएको उहाँको भनाई थियो ।

nepalpana

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *