
वीरगंज २६ बैशाख,
श्री नृसिंह फोर्स क्लब वीरगंज–१७ पिपराको आयोजनामा आज बिन्दवासिनी गाउंपालिकाको श्री राम स्वरुप रामप्रित चौरसिया मावि झौवागुठीमा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । क्लबका अध्यक्ष बिनेश पटेलको सभापतित्वमा सम्पन्न शिविरमा हाडजोनी तथा नशा रोग, मुटु, पेट, छाती तथा मधुमेह, प्रसुती तथा स्त्री रोग, नवजात शिशु तथा बालरोग, आँखा, कान, नाक, घाँटी तथा छाला रोगको निःशुल्क परिक्षण गरिएको थियो । शिविरमा अमरपटि, मधवल, इटियाहि, झौवा, प्रसौनीभाठा, सिमावर्ती भारतका भलुवाहा, भरतमही, स्कूलका विद्यार्थीहरु गरी ६०० भन्दा बढि सर्वसाधारणहरु शिविरबाट लाभान्वित भएका थिए ।
शिविरमा जेनरल फिजिसियन डा. एम.डि. राजा, अर्पणलाल कर्ण, डा. अ फार्मेसी इमाम हुसैन, अपटोमेट्रिष्ट आदित्य तिवारी, सामान्य चिकित्सक करण पटेल, साजन पटेल लगायतका चिकित्सकहरुको टोलीले स्वास्थ्य परिक्षण गर्नु भएको थियो ।
Facebook Comments