Loading...
चुनाबमा जानु मृत्यु पत्रमा हस्ताक्षर गर्नु हो – राजेन्द्र महतो

राजविराज, २६ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन बिना चुनावमा गए मृत्युपत्रमा छाप लगाए जस्तै हुने भएकोले कदापि स्वीकार गर्न नसकिने बताएका छन् । राजपा सप्तरीद्वारा राजविराजमा शुक्रवार आयोजित विरोधसभालाई सम्वोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । आफुहरुसँग विगतका सरकारहरुले पटक–पटक सम्झौता गरेर पनि कार्यान्वयन नगरी बोली मात्र फेर्ने गरेको बताउँदै उनले भने ‘संविधान संशोधन विना चुनावमा जानु भनेको मृत्युपत्रमा छाप लगाउनु जस्तै हो, त्यसैले मधेशी जनतालाई यस्तो चुनाव कदापि स्वीकार्य छैन ।’ प्रहरीको गोलीबाट सप्तरीको मलेठमा पाँच जना मारिएपछि आयोजित श्रद्धाञ्जली सभामा सहभागी जनताको भावनालाई आत्मसात गर्दै मधेश केन्द्रित ६ ओटा पार्टीहरु एक भएर राष्टिय जनता पार्टी नेपाल निर्माण भएको नेता महतो बताए ।

शहिदको भूमीमा संकल्प लिएर पनि मधेशको माग पुरा नभएको अवस्थामा बीचमै छाडेर संघीय समाजवादी फोरम नेपाल चुनावमा गएको बताउँदै  उनले भने ‘हामीले भन्थ्यौं चुनाव संशोधन तर फोरम अध्यक्ष उपेन्द्रजीले पुनर्लेखन भन्नुहुन्थ्यो, रातारात वहाँको भाषा कसरी फेरियो ? हामी आश्चर्यचकित छौं ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *