Loading...
भारत बन्यो पाकिस्तान सँगै चीन प्रभुत्व शघांई सहयोग संगठनको सदस्य राष्ट्र

कजाकिस्तान, जेष्ठ २७ । कजाकिस्तानको राजधानी अस्तानामा चीनको प्रभुत्व रहेको संगठन शघांई सहयोग संगठनको भारत र पकिस्तानले एकै पटक सदस्यता लिएका छन । चीनमा सम्पन्न वान बेल्ट वान रोड परियोजना सम्मेलनको खुलेरै बिरोध र बहिस्कार गरेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनिया राष्ट्रपति सि जिन पिङ बीच शघांई सहयोग संगठनको सम्मेलनमा क्रममा भेट भएको हो ।

आश्चार्यको कुरा त यो छ की चीनको प्रभाव रहेको संगठनमा भारतले सदस्यता लिएको बिषयले अहिले भारतमा हलचल मचिएको छ । त्यति मात्र होइन भारत सँगै पकिस्तानले समेत सदस्यता लिए पछि संगठनको आकशिदो चर्चा थप चुलिएको छ । सोही अबसरमा भारतका प्रधानमन्त्री नेरन्द्र मोदी र पकिस्तानका प्रधानमन्त्री नवाज सरिफको बीचमा पनि भेटबार्ता भएको छ ।

भारत र पकिस्तानको सम्बन्ध केही समय यतादेखि चिसिएकोमा यो बार्तालाई अत्यन्तै महत्वका साथ हेरिएको छ । शघांई सहयोग संगठनको स्थापना चीनको पहलमा सन १९९६ मा भएको थियो ।

संगठनमा चीन, रुस, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान सदस्य राष्ट्र थिए भने अहिले भारत र पाकिस्तान थपिएका छन । शघांई सहयोग संगठनमा पहिले ६ र अहिले थपिएर ८ राष्ट्र सदस्य बनेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *