Loading...
जबरजस्ती चुनाव गराउन खोजिए देश बर्वाद हुन्छ, ट्रुका टुक्रा हुन्छ – राजेन्द्र महतो

राजविराज, २७ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले स्थानीय तहको चुनाव जबरजस्ती गराउन खोजिए देश बर्वाद हुने बताएका छन् । प्रेस मञ्च नेपालले शनिवार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उनले यस्तो कुरा बताएका हुन् ।

संविधान संशोधन बिना कुनै पनि हालतमा राजपा चुनावमा नजाने दावी गर्दै नेता महतोले भने ‘मधेशमा जबरजस्ती चुनाव गराउन खोजिए तत्कालिन माओवादीको जन विद्रोह जस्तै अवस्था आउन सक्छ यतिमात्र होइन देश वर्वाद हुन्छ ।’आश्वासनमा विश्वास गर्ने आधार नरहेको भन्दै नेता महतोले अहिले मिडियाहरुले राजपाको विषयमा थरीथरीका भ्रमहरु फैलाउने कार्यमा लागेकोले त्यस्ता भ्रममा नपर्न आग्रह गरे । ‘मिडयाहरुसँग हाम्रो विनम्र आग्रह छ, मधेश के चाहन्छ ? के भन्छ मधेश ? यतिकुरा कमसेकम लेखिदिनुस्’ उनले भने ‘हामी जनताको भावना अनुसार नै ६ ओटा मधेशवादी पार्टीहरु एक भयौं र अहिले पनि हामी जनताकै भावना अनुसार चल्नेछौं ।’

आन्दोलनमा ज्यान गुमाएकाहरुलाई शहिद घोषणा नभएको, आन्दोलनकारीहरुमाथि लगाईएको झुठा मुद्दा फिर्ता हुन नसकेको, स्थानीय तहको संरचना बढाउन नसकेको, भाषा, नागरिकता लगायतका महत्वपूर्ण सवालहरुलाई सम्वोधन नभईकन आफुहरुको चुनावमा नजाने प्रतिवद्धता दोहो¥याए । संविधान पुनर्लेखनको कुरा गर्नेहरु मधेशको मुद्दाबाट बिमुख भएको आरोप लगाउँदै उनले भने ‘संविधान संशोधन हुदैन भने चुनाव पनि हुँदैन । राजपाका अध्यक्ष मण्डलका अर्का अध्यक्ष राजकिशोर यादवले राजपा समेत चुनावमा जान लालायित रहेको भनी गलत प्रचार भईरहेकोले त्यसमा कुनै सत्यता नरहेको प्रष्ट्याए । ‘राजपा दल दर्ता र चुनाव चिन्हकैलागि आन्दोलन गरिरहेको कुरामा रतिभर सत्यता छैन, संविधान संशोधन बिना चुनावमा जाने कुरा भ्रम मात्र हो’ उनले भने ‘हामीहरुसँग ६ ओटा पार्टीको ६ ओटा चुनाव चिन्ह सुरक्षित छ, त्यसैले मुद्दा छाडेर हामी चुनावमा कदापि जादैनौं ।’ संविधान संशोधन बिना चुनावमा गए मधेशीमाथिको उत्पीडन कायमै रहने तर्क गर्दै नेता यादवले पहिला संविधान गरेर अनिमात्र चुनाव अघि सारे आफुहरु पनि पछाडि नहट्ने तर्क गरे ।मञ्चका जिल्ला अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा राजपाका वरिष्ठ उपाध्यक्षहरु नवलकिशोर साह, शेखर कुमार सिंह, महासचिव मनिष कुमार सुमनलगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *