
बीरगंज, जेष्ठ २७ ।।
राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय सदस्य एव. सांसद रमेश कुर्मीले कुर्मी सशक्तिकरण मञ्च पर्सालाई तीन थान कम्प्युटर वितरण गरेका छन् । मञ्च पर्साले होटल सम्झनामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुर्मीले समाजको आर्थिक विकासमा जोड दिँदै शिक्षाको स्तर बढाउन धारणा राखेका थिए । सकारात्मक सोच राखि समाजिक कार्य गर्न सुझाव दिँदै समाजभित्र रहेको विकृति विसंगति निर्मुल पार्न आ आफ्नो क्षेत्रबाट लाग्न आग्रह गरेका थिए । एक फर्क प्रसंगमा विना संविधान संसोधन मधेशमा स्थानियको निर्वाचन नहुने ठोकुआ गर्दै पुनः मधेस मुद्दालाई ओझेलमा पार्न खोजे विद्रोह हुने चेतावनी दिएका थिए ।
कुर्मी सशक्तिकरण मञ्च पर्साका अध्यक्ष एवं पत्रकार संतोष पटेलको सभापतित्वमा सम्पन्न कम्प्युटर वितरण कार्यक्रममा राजपाका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र कुर्मी, महासचिव शिवपटेल, कुर्मी सशक्तिकरण मञ्चका केन्द्रिय उपाध्यक्ष रामरुप कुर्मी, कुर्मी धर्मशालाका महासचिव जितेन्द्र कुर्मी, राजपा पर्साका अध्यक्ष मण्डलका सदस्य कृष्णा कुर्मी, मञ्च पर्सा क्षेत्र नं. ५ का अध्यक्ष धर्मेन्द्र पटेल, जिल्ला सल्लाहकार द्धय प्रमानन्द चौधरी, जयप्रकाश सिंह लगायतले सम्बोधन गरेका थिए । मञ्च पर्साका उपाध्यक्ष विशेषवर पटेलले स्वागत मन्तब्य र सचिव अनुराग पटेलले सहजीकरण एवं कोषाध्यक्ष पन्नालाल पटेलले धन्यवाद ज्ञापन गरेका थिए । कम्प्युटर वितरण कार्यक्रममा मञ्चका जिल्ला, क्षेत्र, नगरका पदाधिकारी एवं राजपाका केन्द्रिय एवं जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
Facebook Comments