
कटारी, २७ जेठ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ३ मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवारहरुले चुनावी अभियान र घरदैलो कार्यक्रम तीव्र पारेको छ । वडा अध्यक्षको उम्मेदवार हस्तबहादुर मगरले घरदैलो कार्यक्रममा उत्साहजनक जनसहभागिता रहेको र मतदाताहरुबाट आप्mनो पक्षमा मतदान गर्ने आश्वासन आएको बताए ।
‘कटारी नगरपालिकाका वडा नम्बर ३ मा हाम्रो पार्टीको संगठन पनि बलियो छ, घरदैलो कार्यक्रम पनि उत्साहपूर्ण तरिकाले चलिरहेको छ,’ मगरले भने, ‘यस वडामा हाम्रो पार्टीको जित सुनिश्चित भएको छ, यही कारण हाम्रा कार्यकर्ताहरुमा पनि उत्साह छाएको छ ।’ यातायात श्रमिक संघका केन्द्रीय अध्यक्ष यज्ञकुमार राईले वडा नम्बर ३ मा ससफोको जित सुनिश्चि भएको दाबी गरे । वडा नम्बर ३ का स्थानीयबासी समेत रहेका उनी हाल आप्mनो क्षेत्रका उम्मेदवारहरुलाई जिताउन चुनावी कार्यक्रममा व्यस्त छन् । ससफोले वडा नम्बर ३ मा अध्यक्षमा हस्तबहादुर मगर, महिला सदस्यमा परशुमाया राई, दलित महिला सदस्यमा कमला विक, खुला सदस्यमा दुर्गासरी राई र अर्का एक सदस्य मधेसी समुदायबाट ल्याइने बताइएको छ
Facebook Comments