Loading...
कांग्रेसलाई जिताउन सीके राउतले मधेशमा मत बदरको अभियान चलाएको खुलासा

काठमाडौं २६, जेष्ठ । मधेशलाई टुक्रयाएर स्वतन्त्र देश बनाउने अभियानमा लागेका सीके राउत र उनको समूहलाई स्थानीय चुनाव होस्, वा संविधान संशोधन, सरोकारको एजेन्डा होइन । देश नै विखण्डन गर्न हिडेको समूहलाई मधेशमा हुन लागेको स्थानीय चुनावसँग के अर्थ ?

तर, सीके राउत र उनको समूह यतिबेला चुनावमा मत बदर गराउन प्रचार प्रसार अभियानमा जुटेका छन् । यसका लागि उनीहरु घरदैलो, पर्चा पम्पलेटिङ, सामाजिक सञ्जालदेखि आफू नजिकका मिडियामा प्रचार प्रसार गराईरहेका छन् । देश विखण्डनको अभियान चलाउनेलाई चुनावसँग कुनै चासो नहुनु पर्ने थियो, तर राउत समूहको गतिविधि त्यसको ठीक उल्टो छ । यतिबेला राउत समूहले पनि चुनाव प्रचारलाई तीब्रता दिएका छन् । उनका कार्यकर्ता गाउँ–गाउँमा नमूना ब्यालेट पेपर लिएर घरघर पुगिरहेका छन् । अन्य दलहरुले बाकसभित्र सही मतदान गर्न सिकाइरहेका छन् भने सिके राउत समूहले मत बदर गर्ने तरिका सिकाउँदै हिडेका छन् ।

सीके राउत र कांग्रेसबीच गोप्य सहमति

मधेशको चुनावमा संघीय समाजवादी फोरम नेपाल र राजपा लगायतका अन्य मधेश केन्द्रीत दलहरुलाई सिध्याउन नेपाली कांग्रेस र सीके राउतबीच गोप्य सहमति भएको एक उच्च स्रोतको दाबी छ । पहाडको चुनावमा दोस्रो आएको कांग्रेसलाई मधेशको मत परिणाम बारे निकै नै चिन्ता छ । मधेशमा एकल वर्चश्व कायम गर्न कांग्रेसले सीके राउतलाई गोटी बनाएर मधेशमा चुनाव विरोधी अभियान संचालन गरेको दाबी गरिँदैछ ।

किनकि, सीके राउतको मत बदर अभियानले मधेश केन्द्रीत दललाई गम्भीर हानी गर्नेछ । त्यसको प्रत्यक्ष फाइदा नेपाली कांग्रेसलाई हुनेछ । राउतको यो रणनीति मधेशवादी दलका लागि घातक हुने देखिएको छ । सीके राउतको अभियानले पहाडी समुदायको मत बदर हुँदैन । मत बदर अभियानले गर्दा मधेशमा मधेशवादी दलहरुकै केही भोट काटिन्छ । त्यसैले, मत बदर अभियान कै लागि कांग्रेसले गोप्य सहमति गरेर सीके राउतका लागि राम्रै रकम खर्चेको स्रोतको दाबी छ ।

चुनाव चिन्हको बक्सा बाहिर जति मत हालिन्छ ती सबै मधेशवादी दलको मत काटिने हो । यसले सीधै काँग्रेस, माओवादी केन्द्र र एमालेलाई फाइदा हुने देखिन्छ । मधेशवादी दलका लागि खस्ने मतहरु बदर भयो भने त्यसले प्राप्त गर्ने मत कम हुन्छ र यसले ठूला दललाई फाइदा हुने मधेशवादी दलको बुझाई छ । स्रोतका अनुसार सिके राउतले कांग्रेसलाई सहयोग गर्ने उद्देश्यले यो अभियान चलाएका हुन्, त्यही भएर चुनावको बेला उनलाई जेलबाट रिहा गरिएको छ, र उनी निर्वाध ढंगले चुनाव विरोधी गतिविधि संचालन गर्न पाएका छन्

राज कुमार दास तत्माको फेसबुकबाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *