
नरेन्द्र साह। रौतहट । २८ जेष्ठ ।रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वार्ड नम्बर ८ सन्तपुरबाट प्रहरीले अबैध रुपमा लागु औषध गाजाको कारोवार गर्ने २ जना महिलालाइ शनिवार पक्राउ गरेको छ ।
चन्द्रनिगाहपुरबाटगाजा लिएर भारत तर्फ गइरहेको विशेष रौतहटमा सुचनाको आधारमा स्थानीय प्रहरी चौकीवाट खटिगएको टोलीले सवारी साधन चेक जांच गर्ने क्रममा लागु औषध गाजा सहित मकवानपुर जिल्लाको मनहरी निवासी ४० वर्षीय शोभा परियार, ३० वर्षीय विजुला परियारलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ । पक्राउ परेका महिलाहरुको साथ वाट१२ किलो गाजा बरामद भएको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताएका छन ।
Facebook Comments