
वीरगंज, २८ जेठ, अहमदिया संघ नेपाल पर्साले एक विशेष कार्यक्रमका बिच खिलाफत दिवस मनाएको छ । पर्साको बिन्दवासनी गाउँपालिका वडा नं. ५ प्रसौनीभाठ्ठामा रमदानको विशेष अवसरमा आयोजित कार्यक्रममा इसलामलाई बलियो र मुसलमानको कमी कमजोरी हटाउने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको बताइएको छ । पहिलो नबि मिर्जा गुलाम अहमद कादीयानीको मृत्यु २६ मे १९०८ मा भएको बेला देखि २७ मे १९०८ मा यो दिवस मनाउदै आएको सो अवसरमा जनाइएको थियो । हाल यो दिवस २०९ वटा देशहरुमा मनाउदै आएको छ । सो अवसरमा अहमदिया संघका मिसनेरी ईन्चार्ज पर्सा, बाराका मिर अब्दुल हफिज, सदर अनसारुलाह नेपालका पिर अहमद, पर्सा जिल्लाका युवा अध्यक्ष मोइन अहमद लगायत विद्यार्थी तथा स्थानियबासीहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।
Facebook Comments