Loading...
जनकपुरमा फोरम नेपालले दियो काङ्रेशलाई ठूलो धक्का, काङ्रेशका जिल्ला अध्यक्षसहित सयौ कार्यकर्ता फोरम नेपालमा प्रबेश

जनकपुर २९, जेष्ठ ।नेपाली काँग्रेसका क्षेत्रीय सभापति श्यामचन्द्र यादव पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नुभएको छ ।

कांग्रेस पार्टी मधेस विरोधी रहेको आरोप लगाउँदै यादवले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरीससफो नेपाल प्रवेश गर्नुभएको हो ।फोरम नेपालको तराई मधेस प्रदेश समितिको कार्यालय धनुषामा सोमबार आयोजित समारोहमा कांग्रेसका पूर्वक्षेत्रीय सभापति यादवले आफ्ना दलबलसहित फोरम नेपालमा आबद्ध हुनुभएको हो ।

नवप्रवेशी यादवालाई फोरम नेपाल तराई मधेस प्रदेश समितिका सचिव शेषनारायण यादवले टीका र फूलमाला लगाई पार्टी प्रवेश गराउनुभएको हो ।सो कार्यक्रमलाई सम्बोधन गर्दै नवप्रवेशी यादवले मधेशको मागप्रति कांग्रेस पार्टी समान्तवादी चरित्रबाट ग्रसित भई उदासीन रहेको कारण मधेशको हकहितका लागि साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरी मधेसको मुद्दामा आफ्नो विचार र सिद्धान्त फोरम नेपालसँग मिल्ने भएको कारण फोरम नेपालमा प्रवेश गरेको दावी गर्नुभयो ।

मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, महिला लगायत उत्पीडनमा परेका समुदाय तथा वर्गको हक अधिकार प्राप्तिका लागि संघीय समाजवादी फोरम नेपाल निरन्तर संघर्षमा रहेकोले फोरम नेपालमा प्रवेश गरेको उहाँले प्रतिक्रिया दिनुभयो ।

फोरम नेपाल देशमा मधेसी, आदिवासी जनजाति लगायतलाई पहिचान, स्वाभिमान तथा समानुपातिक, समावेशी लगायतका मुद्दामा आफ्नो विचार र सिद्धान्त मिल्ने भएको हुनाले आफूलगायत शुभचिन्तक साथी भाईहरु समेत फोरम नेपालमा प्रवेश गरेको जिकिर गर्नुभयो ।सोमबार बिहान उहाँले प्रेस विज्ञप्ति जारी गरी काँग्रेस मधेसको जायज मागप्रति उदासीन भई सामन्तवादी चरित्र देखाउँदै आएकोलेमधेसको हक अधिकार प्राप्तिका लागि जारी संघर्षलाई सहयोग गर्न पार्टी परित्यागको घोषणा गर्नुभएको थियो ।

यादव विद्यार्थी जीवनकालदेखि नै पार्टीको आन्दोलनमा विभिन्न सक्रियभूमिका निर्वाह गर्दै आएको र काठमाडौं तथा जलेश्वर जेलमा समेत प्रजातन्त्र व्यवस्थाका लागि कारावास जीवन बिताइसक्नुभएका नेता हुनुहुन्छ । nayaonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *