Loading...
कुमार लिङ्देलको दोहोरो चरीत्र्, राजपासङ आन्दोलनको कुरो, लिम्बुवानमा भोट माङ्दै
काठमाडौं, २९ जेठ । कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च अहिले चुनावमा गएको हो कि आन्दोलनमै छ ? कुरा बुझ्न कठिन भइरहेको छ ।संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्रले गत १८ वैशाखको राप्रपा सांसद गायब काण्डपछि चुनावमा जाने निर्णय गर्दा लिङदेनले यादवलाई गद्दारी गरेको आरोप लगाएका थिए ।
एमाले अध्यक्ष केपी ओली र पूर्वराजा ज्ञानेन्द्र शाहले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रलाई नै ध्वस्त पार्ने षडयन्त्र अनुरुप राप्रपाका दशजना सांसद गायब पारी हुनै लागेको संविधान संशोधन असफल बनाएपछि निर्वाचनलाई संघर्षको कार्यदिशा बनाएर चुनावमा जानुपर्ने बाध्यता सिर्जना भएको यादवको तर्क थियो ।यादव चुनावमा गएपछि लिङदेन तत्कालीन तमलोपा अध्यक्ष महन्थ ठाकुर नेतृत्वको गठबन्धनमा लागे ।
मधेस केन्द्रित ६ वटा दलहरुबिच एकता भएर राष्ट्रिय जनता पार्टी (राजपा) गठन भएपछि गठबन्धनको नेतृत्व राजपाले लिएको छ । राजपा अहिले निर्वाचन बिथोल्न बन्द हडतालसहितको आन्दोलनमा उत्रिएको छ ।
तर, यतिबेला कुमार लिङदेनको भूमिका भने दोहोरो चरित्रको देखिएको छ । उनी एकातिर लिम्बुवान क्षेत्रका गाउँपालिका र नगरपालिकामा उम्मेदवार खडा गरी मतदाताहरुसँग भोट माग्न थालेका छन् भने अर्कोतिर त्यही निर्वाचन बिथोल्न बन्द हडतालसहितको आन्दोलनमा पनि लागेका छन् ।यता राजपा गठबन्धनमा बसेर चुनाब बिथोल्नका लागि आमहडताल र बन्द गर्नुपर्छ भन्ने उता लिम्बुवान क्षेत्रमा भित्रभित्रै चुनावको तयारी तीव्र पार्ने काम लिङदेनले गरिरहेका छन् ।
यसका लागि उनले राष्ट्रिय जनमुक्ति पार्टीसँग एउटै चुनाव चिन्ह (घर) मा चुनाव लड्ने सहमति समेत गरेका छन् ।लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र केपी पालुङवा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टीबीच पूर्वका नौ जिल्लामा एउटै चुनाव चिन्ह लिएर चुनाव लड्ने सहमति भएको छ । ‘हामी चाहिँ आन्दोलन थाती राखेर चुनावमा गएका छौं,’ राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष पालुङवाले भने, ‘उहाँ (लिङदेन)हरु पनि चुनावमा आउनुहुन्छ भने सँगै चुनाव लडौ भनेर सहमति गरेका हौ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *