
काठमाडौं, जेष्ठ ३० । नवनिर्वाचित प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई नेपालका लागि भारतीय राजदुत मञ्जीप सिंह पुरीले बधाई तथा शुभकामना दिएका छन ।
पुरीले देउवा निबासमै गएर प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन । पुरीले नेपालको चालीसौं प्रधानमन्त्रीमा निर्वाचित भएकोमा देउवालाई बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना समेत दिएका छन ।
भेटमा पुरी पत्नी र देउवा पत्नी आरजु देउवा समेत सहभागी थिए ।
Facebook Comments