Loading...
स्वतन्त्र गोरखाल्याण्डको बिषयमा सत्तारुढ भारतीय जनता पार्टीमा मतभेद

पश्चिम बंगाल- दार्जिलिङ, जेष्ठ ३० । स्वतन्त्र गोरखाल्याण्ड आन्दोलनको बिषयमा भारतीय जनता पार्टीमा मतभेद देखिएको छ । दार्जिलिङबाट भारतीय लोक सभा संसदमा भारतीय जनता पार्टीबाट निर्बाचित सांसद एस एस आल्हुवालियाले गोर्खाल्याण्ड आन्दोलनको समर्थनमा अभिब्यक्ति दिए पछि बिबाद देखिएको हो ।

गोर्खा जनमुक्ति मोर्चाको माग जायज भएको भन्दै पश्चिम बंंगालकी मुख्यमन्त्री ममता बनर्जीको आलोचना गरेका आल्हुवालियालाई भारतीय जनता पार्टी पश्चिम बंगालले कारबाहीको चेतावनी दिएको छ । भाजपा पश्चिम बंगालका अध्यक्ष दिलिप घोषले प्रेस बिज्ञप्ति जारी गर्दे गोरखाल्याण्डको आन्दोलनमा आफ्नो पार्टीको समर्थन नरहने बताएको छ ।

सत्तारुढ दलभित्रै पार्टी प्रमुख र निर्बाचित सांसदको मत बाझिएपछि गोरखाल्याण्डको जारी आन्दोलन तत्काल समाधान नहुने भएको छ । सांसद आल्हुवालियाले  गोरखा जनमुक्ति मोर्चाको माग जायज भएको भन्दै छुट्टै गोरखाल्याण्ड भारतको हितमा हुने बताएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *